एजेन्सी : दक्षिण भारतीय अभिनेत्री सामन्था अक्किनेनी(Samantha Akkineni) पछिल्लो समय चर्चाको केन्द्रमा छिन्। हालै उनी अभिनित वेबसिरिज ‘द फ्यामिली म्यान २(The Family Man 2)’ को ट्रेलर रिलिज भएको थियो। ट्रेलर रिलिज भएसँगै विवादित बनेको छ र हंगामा खडा भएको छ। सामन्थाले अहिलेसम्म हिन्दी सिनेमा जगतमा कदम राखेकी छैनन्।
उनको सुन्दरता र खुलस्त बोल्ने बानीले सबैको ध्यान खिच्ने गर्छ। हालै एक अन्तर्वार्तामा सामन्थाले बलिउड फिल्ममा काम गर्ने इच्छा रहेको बताईन्। तर एउटा डरको कारण बलिउड फिल्ममा काम नगरेको खुलाइन्। त्यो हो – बलिउडमा रहेका ट्यालेन्टको डर।
अनलाइन पत्रिका बलिउड हंगामा(BollywoodHungama) ले सामन्थालाई बलिउड फिल्ममा अहिलेसम्म काम किन नगरेको भन्ने प्रश्न सोध्दा उनले भनिन् – ‘शायद मलाई डर लाग्छ। बलिउडमा गज्जबको ट्यालेन्ट छ। यसकारण मलाई बलिउडमा काम एकदमै डर लाग्छ।’ यहीँ अन्तर्वार्तामा यदि बलिउड फिल्ममा काम गर्ने अवसर पाए कुनै बलिउड अभिनेतासँग फिल्ममा अभिनय गर्नुहुन्छ भनेर पत्रकारले सवाल गर्दा उनले अभिनेता रणवीर कपूरको नाम लिईन्।
अभिनय क्यारियरको साथ, अक्किनेनी ब्रान्ड र उत्पादनहरूका पनि सामन्था प्रसिद्ध सेलिब्रिटी समर्थनकर्ता हुन्। उनको जन्म २८ अप्रिल १९८७ मा तेलगु बुबा र मलयाली आमाको कोखमा भएको थियो।