एजेन्सी : देसी गर्ल भनेर चिनिने भारतीय अभिनेत्री प्रियंका चोपडा(Priyanka Chopra)ले बलिउड देखि हलिउडसम्म आफ्नो एक अलग पहिचान बनाईसकेकी छिन्। उनी आफ्नो हरेक कुरालाई निष्फिक्री साथ राख्छिन्। प्रियंकाले सन् २०१४ मा कफी विथ करण(Koffee With Karan) शोमा आफूलाई एकपटक लेस्बियनले पिछा गरेको बताएकी थिईन्।
शोमा प्रियंका चोपडा र दीपिका पादुकोण दुवैलाई आमन्त्रित गरिएको थियो र दुवैजना उपस्थित थिए। शोमा होस्ट करण जोहर(Karan Johar)ले सोधेका थिए कि जीवनमा कहिल्यै यस्तो परिस्थिति आएको छ, जुनबाट बाहिर निक्लिनको लागि कसैलाई डेट गरिरहेको भनेर झुट बोलिएको थियो।
अनि प्रियंकाले भनिन् – ‘यो एक नाइट क्लबको कुरा हो। त्यहाँ एक युवतीसँग भेट भयो। उनी अत्यन्तै प्यारी र सुन्दर थिईन्। उनले मलाई आफूतिर आकर्षित गर्ने कोशिश गरिन्। मलाई उनीसँग कसरी डिल गरूँ भईरहेको थियो। उनलाई मैले चिन्दा पनि चिन्दिन्थे।’
उनले अझ भनिन् – ‘मैले युवतीसँग मेरो एक ब्वायफ्रेन्ड भएको भन्दै झुट बोले। यद्यपि त्यतिबेला मेरो ब्वायफ्रेन्ड थिएन्। र मैले उनलाई आफू केटाप्रति आकर्षित हुने कुरा भन्नुपर्यो।’
यस बाहेक प्रियंका चोपडाले आफ्नो किताब अनफिनिस्डमा पनि रोमान्टिक रिलेशनशिपको बारेमा कुरा गरेकी छिन्। उनको पति निक जोनस(Nick Jonas)ले सञ्चारमाध्यमलाई बताएअनुसार प्रियंका चोपडालाई रोमान्टिक कहानीहरु पढ्न असाध्यै मन पर्छ।
प्रियंका चोपडाको वर्क फ्रन्टको कुरा गर्ने हो भने उनी चाँडै ‘अमेजन स्टुडियोज’ को आगामी फिल्म ‘शीला’ मा आनन्द शीलाको भूमिका निभाउने छिन्। यो फिल्मलाई बेरी लेविनसन(Barry Levinson) ले निर्देशन गर्ने छन्। यो फिल्मको प्रियंका प्रोड्यूसर पनि हुन्।