पूजा बत्राले पतिसँग मस्ती गरेको तस्बिर पोस्ट गरेपछि मच्चियो तहल्का

एजेन्सी : ९० को दशकको बलिउडको सुन्दर अभिनेत्री पूजा बत्रा(Pooja Batra) फिल्मी दुनियाँबाट टाढा छिन्। तर सोशल मिडियामा आफ्नो सुन्दर एवं लोभलाग्दा तस्बिरहरु शेयर गरी फ्यान्सहरुलाई अपटुडेट राख्छिन्। उनका तस्बिरहरु प्राय: भाइरल हुने गर्छन्, जस कारण उनी चर्चाको केन्द्रमा हुन्छिन्।

हालै पूजा बत्राले पति नवाब शाह(Nawab Shah) सँगको केही तस्बिरहरु शेयर गरेकी छिन्। ती तस्बिहरुमा पूजा आफ्नो पति नवाबसँग बिकिनीमा पोज दिईरहेको देख्न सकिन्छ।

ब्ल्याक बिकिनी लगाएकी पूजा बत्राले आफ्नो सुगठित शरीर प्रदर्शन गरेकी छिन्। इन्स्टाग्राममा तस्बिर शेयर गरेसँगै पूजाले क्याप्सनमा लेखेकी छिन् – ‘मिस्टर एण्ड मिसेज शाह। यो तस्बिर हाम्रो पहिलो फोटोशूटको हो।’

पूजाले गत वर्ष २०२० को जुलाई ४ मा आफ्नो नजिकका साथीहरुको उपस्थितिमा नवाब शाहसँग विवाह गरेकी थिईन्। नवाबले एक अन्तर्वार्तामा पूजा आफ्नो पहिलो रोजाई भएको बताएका थिए। उनले भने – ‘हामी दुवैको टेस्ट धेरै मिल्छ। दुवै जनालाई लेखपढमा धेरै रुचि छ।’ विवाह पछिका यी दुईका तस्बिरहरु लगातार लाइमलाइटमा आउने गरेका छन्।

पूजाले आफ्नो करियरको सुरुवात सन् १९९५ मा तमिल फिल्मबाट गरेकी थिईन्। त्यसपछि उनले हिन्दी सिनेमामा कदम राखिन्।  फिल्म ‘विश्वविधाता(Vishwavidhaata)’ बाट उनले हिन्दी सिनेमा जगतमा कदम राखेकी हुन्। त्यसपछि उनले थुप्रै फिल्महरुमा काम गरिन्। पूजा अहिले आफ्नो पति र परिवारसँग सुखद् पारिवारिक जीवनको मज्जा लुटिरहेकी छिन्।


प्रकाशित : आइतबार, जेठ ०९, २०७८१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५ करोडको हार लगाउँदा पनि केटाहरुका ध्यान ‘तलतिरै’ गएपछि….अभिनेत्रीले भनिन् यस्तो