५ करोडको हार लगाउँदा पनि केटाहरुका ध्यान ‘तलतिरै’ गएपछि….अभिनेत्रीले भनिन् यस्तो

एजेन्सी : वेब सिरिज ‘गन्दी बात(Gandii Baat)’ बाट एकाएक चौतर्फी रुपमा छाएकी अभिनेत्री अन्वेषी जैन (Anveshi Jain) सोशल मिडियामा एकदमै सक्रिय रहन्छिन्। प्राय: आफ्ना फोटोहरु शेयर गरी उनले तहल्का मच्चाउने गर्छिन्। अन्वेषी जैनको लेटेस्ट फोटो एकपटक फेरी पनि इन्टरनेटमा भाइरल भईरहेको छ।

एकता कपूर(Ekta Kapoor)को वेब सिरिज गन्दी बात २(Gandii Baat 2) मा अन्वेषी जैनको अभिनयले खुब वाहवाही पाएको थियो। यद्यपि उनी मुख्य रुपमा एङ्करिङ गर्छिन्।

अहिले व्हाइट क्रप टप र डेनिममा अन्वेषीको अलग अवतार एकपटक फेरी पनि चर्चामा छ।

यस आउटफिटमा उनले आफ्नो लोभलाग्दो र रहरलाग्दो सुगठित शरीरलाई आकर्षक ढङ्गले प्रदर्शन गरेकी छिन्।

पिङ्क सारीमा पनि अन्वेषी अत्यन्तै सुन्दर देखिएकी छिन्। तस्बिरमा उनको सुन्दर मुहार र आकर्षक शारीरिक बनोटले सबैलाई मदहोश बनाएको छ। अन्वेषीको यो लुक चारैतिर छाएको छ।

सेतो पारदर्शी सारी लगाएर अभिनेत्री अन्वेषी जैनले आफ्नो लोभलाग्दो जिउडाल देखाएकी छिन्।

व्हाइट ड्रेसमा अन्वेषी जैनको यो बोल्ड लुक जताततै छाएको छ।

व्हाइट चेन ड्रेसमा अन्वेषी जैनलाई बिछट्टै राम्री देखिएको छ।

अन्वेषी जैन अभिनेत्री हुनुको साथसाथै एक मोडेल पनि हुन्। सन् २०१९ मा उनलाई सबैभन्दा बढी गुगलमा सर्च गरिएको थियो। उनले अहिलेसम्म थुप्रै ब्राण्डहरुसँग सहकार्य गरी काम गरिसकिन्। उनी एक डेटिङ कोच पनि हुन्। आफ्नो ‘गन्दी बात’ वेब सिरिज सफल भएपछि उनले यहीँ सिरिजको दोस्रो भागमा पनि काम गर्ने अवसर पाईन् र पहिलो भाग भन्दा बढी हिट भयो।

अन्वेषी जैनले सुरुमा मोडेलको रुपमा आफ्नो पहिचान बनाएकी थिईन्। अहिले उनी एक सफल मोडेल र अभिनेत्री हुन्। उनको एक सफल बिजनेसवुमेन बन्ने सपना छ। सोहीँ कारणले आफ्नो जागिर छोडिन् र आफ्नो करियर एक्टिङ र मोडेलिङमा बनाउने निर्णय लिईन्।

उनलाई नयाँ-नयाँ ठाउँ घुम्न, किताब पढ्न, घोडसवारी गर्न र गीत गाउन असाध्यै मन पर्छ। घडी र आभूषण जम्मा गर्ने उनको सोख छ। फोर्ब्समा भारतको सबैभन्दा आकर्षक महिलाको सूचीमा आफ्नो नाम आओस् भन्ने उनको चाहना छ। उनले भोपालको राजीव गान्धी प्रौद्योगिकी विश्वविद्यालयबाट इलेक्ट्रोनिक इन्जिनियरिङको औपचारिक शिक्षा पूरा गरेकी थिईन्।

अभिनेत्री बन्नु उनी इन्दौरमा एक कम्पनीमा काम गर्थिन्। तर उनको रुचि मिडियामा थियो। मिडियामा आफ्नो करियर बनाउनको लागि उनले आफ्नो परिवारलाई केही जानकारी नदिई मुम्बई आईन्। यसको लागि उनले खुब मेहनत गरिन्।  त्यसपछि उनले ‘मेक इन इन्डिया’ र आईएफ बर्लिन शोमा होस्टको काम पाईन्। अन्वेषी जैन अभिनेत्रीको हुनुको साथसाथै मोडेल र मोटिभेसनल स्पिकर पनि हुन्।

शनिबार इन्स्टाग्राम स्टोरीमा अभिनेत्री अन्वेषीले केही समयअघिको तस्बिर शेयर गर्दै मान्छेको हेर्ने नजरमा व्यङ्ग हानेकी छिन्। उनले लेखेकी छिन् – “यिनले ५ करोडको हार लगाएकी छिन् तर पनि….तपाईको ध्यान तलतिरै गयो, यसकारण म भन्छु धनदौलतको मायामोह त्याग्नुहोस्, वास्तविक सम्पत्ति त शरीर हो, यसको ख्याल राख्नुहोला। घरमै बस्नुहोस्, सुरक्षित रहनुहोस्।”

प्रकाशित : आइतबार, जेठ ०९, २०७८१६:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भूमि पेडनेकरको मार्मिक अपिल : २ महिने दुधे बालकको लागि मागिन् दूध