एजेन्सी : बलिउड अभिनेत्री ऐश्वर्या राय(Aishwarya Rai)को सुन्दरताको चर्चा अहिले पनि संसारभर हुने गर्छ। हिन्दी सिनेमा जगतमा जब सबैभन्दा सुन्दर अभिनेत्रीहरुको कुरा हुन्छ तब मानिसहरुका मुखमा सबैभन्दा अघि ऐश्वर्याको नाम आउँछ। उनको सुन्दरताको दीवाना आम मानिसदेखि सेलेब्रेटीसम्म छन्।
बलिउड इन्डस्ट्रीमा पनि उनको सुन्दरतामा दीवाना हुने धेरै छन्। जसमा अभिनेता अक्षय खन्ना(Akshaye Khanna)को नाम पनि सामेल छ। कुनैबेला अक्षय आफैँले उनलाई ऐश्वर्या बलिउडकै सबैभन्दा सेक्/,सी अभिनेत्री लाग्ने खुलासा गरेका थिए।
अक्षय खन्नाले ऐश्वर्यासँग जम्मा २ वटा फिल्ममा काम गरे। सन् सन् २०१७ मा अक्षय खन्ना फिल्म ‘इत्तेफाक(Ittefaq)’ को प्रचारप्रसार गरिरहेका थिए। फिल्मको व्यापक प्रचारप्रसारको लागि चर्चित निर्देशक तथा निर्माता करण जोहर(Karan Johar) को टक शोमा पुगेका थिए।
टक शोमा करणले अक्षयलाई बलिउडमा कुन अभिनेत्री सेक्/,सी लाग्छ भनेर सोधेका थिए। जसको जवाफमा उनले ऐश्वर्या राय बताएका थिए। त्यसपछि अक्षय ऐश्वर्याको सुन्दरताको बखान गर्न थाल्छन्।
यहीँ टक शोमा करण जोहरसँग कुराकानी गर्दै उनले भने – ‘ऐश्वर्याको आँखै नहट्ने मुहार छ। उनलाई हरेकपटक भेट्दा उनको मुहारबाट मैले नजर हटाउन सक्दिन्। मलाई थाहा छ कि यो पुरुषहरुका लागि लज्जास्पद क्षण हो तर मलाई यस्तो गर्ने आदत भईसक्यो। अझ म उनलाई पागल जसरी घुरेर हेर्ने गर्थे।’ यहीँ शोमा अक्षय खन्नासँग अभिनेत्री सोनाक्षी सिन्हा पनि आएकी थिईन्। सोनाक्षीले पनि आफूलाई अभिनेत्री ऐश्वर्या असाध्यै राम्री लाग्ने बताएकी थिईन्।
ऐश्वर्या राय र अक्षय खन्नाको फिल्मको कुरा गर्ने हो भने यी दुईले ‘आ अब लौट चलें(Aa Ab Laut Chalen)’ र ‘ताल(Taal)’ मा एकसाथ काम गरेका थिए। यी दुवै फिल्ममा अक्षय र ऐश्वर्याको जोडीलाई दर्शकले असाध्यै मन पराएका थिए। त्यसपछि यी दुईले कहिल्यै पनि सँगै काम गरेनन्।
लामो समयपछि ऐश्वर्या राय फिल्म ‘फन्ने खान(Fanney Khan)’ मा देखिएकी थिईन्। यो फिल्ममा उनीसँग अभिनेता राजकुमार राव(Rajkummar Rao) र अनिल कपूर देखिएका थिए। त्यस्तै अक्षय खन्ना लामो समयदेखि फिल्ममा देखिएका छैनन्।