एजेन्सी : अहिले मानिसहरु मोडर्न हुँदै गईरहेका छन्, तर जब कुरा कपलको उमेर अन्तर, लव रिलेशनशिप र सम्बन्ध बिच्छेद भएकासँगको सम्बन्धको कुरा आउँछ तब मानिसहरुले उनीहरुलाई नराम्ररी जज गर्छन्। यसको एक ज्वलन्त उदाहरण मलाइका अरोडा र अर्जुन कपूर हुन्।
मलाइका र अर्जुन एक यस्तो कपल हुन् जसको सम्बन्धले समाजमा निर्मित लगभग हरेक नीतिनियमलाई खुल्लमखुल्ला चुनौती दिन्छ। मानिसहरुले मलाइकालाई मात्र नराम्रो भनेका छैनन्, उनीहरुले अर्जुनलाई पनि निम्नस्तरका गालीगलौज गरेका छन्। तपाईको जानकारीको लागि भन्नुपर्दा यी दुई जोडीबीच ११ वर्षको उमेर अन्तर रहेको छ।
अर्जुन कपूर र मलाइकाको सम्बन्धलाई धेरैजसोले पचाउन सकिरहेका छैनन्। यिनको जोडीलाई केहीले ‘आमा-छोरा’ जस्तो देखिएको टिप्पणी समेत गरेका छन्। र साथै केहीले होमरेकर(घर भाँड्ने मान्छे-Homewrecker) समेत भन्न भ्याएका छन्।
श्रीदेवी र बोनी कपूरको सम्बन्ध स्मरण गर्दै एक इन्टरनेट युजरले लेखेका छन् – ‘अर्जुनका बुबाले मोना म्यामसँग जे गरे, अर्जुनले पनि त्यहीँ गरिरहेका छन्। बुबाले गर्दा नराम्रो लाग्यो तर अहिले आफैँले गर्दा नराम्रो लागेन्।’ र ‘यिनले सधैँ श्रीदेवी जीलाई घरभँडुवा भनेर आरोप लगाएका थिए, उहाँको आलोचना गर्थे तर आफैँले अरबाजको घर तोडे। यिनी जे भन्छन्, त्यो गर्दैनन्।’ पछिल्लो समय यस्ता नकारात्मक प्रतिक्रियाको वर्षात् हुने गरेका छन्।