केपटाउन पुगेर खुले अभिनेत्रीहरु, छोटा-छोटा कपडाका तस्बिर शेयर गरी मच्चाए तहल्का

एजेन्सी : टिभीको भारतीय पपुलर स्टन्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टर: खतरों के खिलाडी(Fear Factor Khatron Ke Khiladi)’ को नयाँ सिजन सुरु भएको छ। शोका सबै कन्टेस्टेन्ट्स साउथ अफ्रिका(South Africa)को केपटाउन(Cape Town)मा मा शूटिङ गरिरहेका छन्। यस शोमा अभिनव शुक्ला(Abhinav Shukla), निक्की तम्बोली(Nikki Tamboli), विशाल आदित्य सिंह(Vishal Aditya Singh), दिव्यांका त्रिपाठी(Divyanka Tripathi), सना मकबूल(Sana Makbul), महक चहल(Mahek Chahal), राहुल वैद्य(Rahul Vaidya), अर्जुन बिजलानी(Arjun Bijlani) लगायत थुप्रै सेलेब्स सामेल छन्।

जबदेखि शोको शूटिङ केपटाउनमा सुरु भयो तबदेखि अभिनेत्रीहरु निक्की तम्बोली, सना मकबूल, आस्था गिल र महक चहलले इन्टरनेटको तापमान बढाएका छन्। उनीहरुले लगातार सामाजिक सञ्जालमा आफ्नो बिकिनी र मोनोकिनीमा फोटो शेयर गरिरहेका छन्। समुन्द्र किनारामा मस्ती गरेको फोटोहरु पनि शेयर गरेका छन्। सामाजिक सञ्जालमा उनका तस्बिरहरु तीव्र गतिमा भाइरल भईरहेका छन्। सबै एक्ट्रेसेसले फोटो क्लिक गरी पोस्ट गरेका छन्, सामाजिक सञ्जालमा फोटो हाल्न कसैले पनि बाँकी राखेका छैनन्। डिभाज(Divas) ले आफ्नो परफेक्ट फिगर फ्लन्ट गरेका छन्।

सिङ्गर आस्था गिल(Aastha Gill) ले समुन्द्र किनारामा ‘बिकिनी शूट’ गराएकी छिन्। स्काई ब्लु र डार्क ब्लु बिकिनीमा आस्था कूल(Cool) देखिएकी छिन्। यसकासाथै उनले व्हाइट रोब लगाएकी छिन्। आस्थाका यी फोटो सामाजिक सञ्जालमा भाइरल भईरहेका छन्।

निक्की तम्बोलीले ब्लु कलरको मोनोकोनीमा ११ मेमा फोटो पोस्ट गरेकी थिईन, जसमा उनी समुन्द्रको किनारामा मस्ती गर्दै बसेको देख्न सकिन्छ। निक्कीका यी फोटोले इन्टरनेटमा तहल्का मच्चाएको थियो।

अभिनेत्री महक चहल पनि कोहीँ भन्दा कम रहिनन्। उनले पर्पल बिकिनीमा ब्ल्याक शियर फिशनेट टप लगाएकी थिईन्। समुन्द्र किनारामा महक चहलले कहिले एक्लै त कहिले अभिनेत्री सना मकबूलसँग पोज दिएकी छिन्। सामाजिक सञ्जालमा उनको फोटो चर्चामा रहेको छ।

एक्ट्रेस सना मकबूल पनि व्हाइट बिकिनीमा देखिएकी छिन्। उनले सामाजिक सञ्जालमा  आफ्नो बिकिनीमा पोज दिएको केही तस्बिर शेयर गरेकी थिईन्। यसको साथै उनले मल्टिकलर स्कार्फ लगाएकी छिन्, जुन कम्मरमा बाँधेकी छिन्। टोन्ड फिगरसँगै सनाले आफ्नो परफेक्ट एब्स पनि फ्लन्ट गरेकी छिन्।

अभिनेत्री दिव्यांका त्रिपाठी सबैभन्दा अलग अवतारमा देखिईन्। उनले बिकिनीको सट्टा रातो सारी लगाईन्। यसको साथै दिव्यांकाले बेज  कलरको प्रिन्टेड ब्लाउज लगाएकी छिन्।

प्रकाशित : आइतबार, जेठ ०२, २०७८१२:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘राधे’ सलमानको करियरकै सबैभन्दा झुर फिल्म , IMDb मा पायो यति रेटिङ