‘राधे’ सलमानको करियरकै सबैभन्दा झुर फिल्म , IMDb मा पायो यति रेटिङ

एजेन्सी : सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई(Radhe : Your Most Wanted Bhai)’ ले एकातिर सबैभन्दा बढी भ्युज पाउने फिल्मको रेकर्ड बनाएको छ भने अर्कातिर यो फिल्मले गतिलो समीक्षा पाएन्। आईएमडिबी(इन्टरनेट मुभी डाटाबेस) मा सलमान खानको यो फिल्मले अत्यन्तै कम रेटिङ पाएको छ। आईएमडिबीको रेटिङबाट तय हुन्छ कि फिल्मलाई दर्शकले कति मन पराए र फिल्म हिट या फ्लप रह्यो। राधे’ सलमान खानको करियरकै सबैभन्दा झुर फिल्म साबित भएको छ।

हालै रिलिज भएको फिल्म ‘राधे’ को रेटिङ खासै चित्त बुझ्दो देखिएको छैन। फिल्म ‘राधे’ सलमान खानको अहिलेसम्मकै सबैभन्दा कम रेटिङ पाउने फिल्म बनेको छ। सलमान खान स्टारर फिल्म राधे १३ मेमा जी५ मा रिलिज गरिएको थियो र यसको रिलिजको केही समयपछि नै जीप्लेक्सको सर्भर क्राश भएको थियो। फिल्मले ओटिटीमा मात्रै ४२ लाख भ्युज पाएको छ।

आईएमडिबीमा यो फिल्मले १० मा जम्मा १.९ रेटिङ पाएको छ यानी आईएमडिबीमा सलमान खानको यो फिल्म फ्लप भएको छ। ७४, ३६० युजर्सले दिएको प्रतिक्रियाको आधारमा फिल्मलाई यति रेटिङ दिईएको हो। त्यस्तै सलमान खानको सन् २०१८ मा रिलिज भएको फिल्म ‘रेस ३’ ले पनि आईएमडिबीमा १.९ रेटिङ पाएको थियो।

वान्टेड(२००९) पछि सलमानले व्यवसायिक सफलताको नयाँ आयाम देखेका थिए। सलमानको फिल्म बजरंगी भाईजान(२०१५) ले सबैभन्दा बढी रेटिङ पाएको थियो। यो फिल्मको रेटिङ ८.० थियो। त्यसपछि फिल्म ‘सुल्तान’ को रेटिङ ७.० थियो।

दबंग – Dabangg (२०१०) – ६.२ ।।।।।।।। वीर – Veer (२०१०) – ४.५ ।।।।।।।।  रेडी – Ready  (२०११) – ४.७।।।।।।।।  बडीगार्ड – Bodyguard (२०११) – ४.६ ।।।।।।।। एक था टाइगर – Ek Tha Tiger  (२०१२) – ५.५ ।।।।।।।। दबंग-२ – Dabangg-2 (२०१२) – ४.८ ।।।।।।।। जय हो – Jai Ho  (२०१४) – ५.१ ।।।।।।।।

किक – Kick(२०१४) – ५.३ ।।।।।।।। बजरंगी भाईजान(Bajrangi Bhaijaan) –  (२०१५) – ८.० ।।।।।।।। प्रेम रतन धन पायो – Prem Ratan Dhan Payo (२०१५) – ४.४ ।।।।।।।। सुल्तान – Sultan  (२०१६) – ७.० ।।।।।।।। ट्यूबलाइट – Tubelight  (२०१७) – ३.९ ।।।।।।।।

टाइगर जिंदा है -Tiger Zinda Hai (२०१७) – ५.९ ।।।।।।।। रेस ३ – Race-3 (२०१८) – १.९ ।।।।।।।। भारत – Bharat (२०१९) – ४.९ ।।।।।।।। दबंग-३ – Dabangg-3(२०१९) – ३.१ ।।।।।।।। राधे – Radhe (२०२१) – १.९ ।।।।।।।।

प्रभु देवाको निर्देशनमा बनेको सलमान खानको फिल्म ‘राधे’ मा दिशा पाटनी(Disha Patani), ज्याकी श्रफ(Jackie Shroff), रणदीप हुड्डा(Randeep Hooda), गौतम गुलाटी सहित अन्य अन्य एक्टर्स पनि छन्। यो फिल्मको सङ्गीतलाई अत्यन्तै मन पराईएको छ।  फिल्मको एक्सन सिन्सको चौतर्फी चर्चा भईरहेको छ। यद्यपि फिल्ममा केही नयाँपन नभएको भन्दै व्यापक आलोचना भईरहेको छ। राधे ईदको दिन रिलिज गरिएको थियो।

प्रकाशित : आइतबार, जेठ ०२, २०७८१३:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिशा पाटनीका १० सबैभन्दा बोल्ड बिकिनी लुक, जसले मच्चाएको थियो तहल्का