एजेन्सी : धेरै पटक फिल्मको सिन खिच्ने बेला कलाकारहरु आफ्नो क्यारेक्टरमा यति घुस्छन् कि तिनीहरुले आफू अभिनय गरिरहेको कुरा पनि भुल्छन्। यसलाई अभिनयको कमाल पनि भन्न सकिन्छ। यस्तै एक घटना भएको थियो फिल्म ‘शूटआउट एट वडाला(Shootout at Wadala)’ को शूटिङको क्रममा। यो फिल्म सञ्जय गुप्ताले निर्देशन गरेका थिए र फिल्ममा नाम चलेका कलाकारहरुका फौज नै थियो।
जोन अब्राहम(John Abraham), अनिल कपूर(Anil Kapoor), कंगना रनौत(Kangana Ranaut), तुषार कपूर(Tusshar Kapoor), मनोज बाजपेयी(Manoj Bajpayee), सोनू सूद(Sonu Sood), रोनित रोय(Ronit Roy), महेश मान्जरेकर(Mahesh Manjrekar), ज्याकी श्रफ(Jackie Shroff) ले फिल्ममा आफ्नो अभिनयको जादू देखाएका थिए।
यति मात्र हैन प्रियंका चोपडा(Priyanka Chopra), सनी लियोनी(Sunny Leone) र सोफी चौधरीको आइटम सङ पनि फिल्ममा थियो। खैर, समीक्षात्मक हिसाबले यो फिल्म दह्रो देखिएन तर व्यवसायिक दृष्टिकोणले हेर्दा यसले सफलता हासिल गर्यो।
यो फिल्ममा जोन अब्राहमले मान्या सुर्वेको भूमिका निभाएका थिए, जो अन्डरवर्ल्डसँग जोडिएको हुन्छ। जोन र कंगनाको एक अन्तरंग सिन पनि फिल्मको प्रमुख आकर्षण थियो। यो फिल्म रिलिज हुनु केही दिन अघि एउटा खबर आगोसरी फैलिएको थियो कि सिन खिच्दा जोनले आफ्नो होशहवास गुमाएका थिए अर्थात् अर्को शब्दमा भन्ने हो भने उनी भूमिकामा लीन भएका थिए। र कंगनाको चुरा नै फुटाइदिएका थिए। खासमा यो कुरा साँचो थियो या प्रचारप्रसारको लागि रचिएको थियो, यसबारेमा यकिन गर्न सकिन्न।
ओच्छ्यानमा खिचिएको यो सिनमा कंगनाले लगाएको चुरा नै फुटेको थियो र उनको नाडीमा घाउँ नै भएको थियो। यो फिल्मसँग जोडिएकाहरुका अनुसार फिल्मको यो सिन अत्यन्तै सौन्दर्यपरकताको साथ शूट गरिएको थियो। फिल्ममा यो लव सिनले प्रेमी-प्रेमिकाबीचको पागलपनलाई दर्शाउँछ। पाकिस्तानको मुस्तफा जाहिद(Mustafa Zahid) ले गाएको ‘ये जुनून’ नामक गीत यहीँ सिनमा सुन्न पाइन्छ।