एजेन्सी : ‘राधे – योर मोस्ट वान्टेड भाई(Radhe – Your Most Wanted Bhai)’ फिल्मबारे केही नयाँ खबरहरु सार्वजनिक भएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो फिल्म फिल्मको लिड हिरो सलमान खान(Salman Khan)को करियरको सबैभन्दा छोटो फिल्म हुनेछ। यो सलमान खानको पहिलो यस्तो फिल्म हो जुन थियटरसँगै सिधै विभिन्न डिजिटल प्लाटफर्म्समा पनि रिलिज हुनेछ। यो फिल्मको रिलिजको लागि सम्पूर्ण पूर्वतयारी भईसकेका छन्।
राधे जम्मा १ घण्टा ५४ मिनेटको फिल्म हुनेछ। यो सलमानको करियरको सबैभन्दा छोटो(अवधिको हिसाबले) फिल्म हो। भारतीय सेन्सर बोर्डले युए सर्टिफिकेट दिईसकेको छ। यहीँ मे १३ तारिखको दिन यो धमाकेदार फिल्म रिलिज हुँदै छ।
भारतीय मिडियाका अनुसार, यो चलचित्र हलमा गएर हेर्न चाहने दर्शकले टिकट काटेर हलमै हेर्न सक्नेछन् । तर, हलमा जान नचाहने दर्शकले ओटीटी प्लेटफर्ममा पैसा तिरेर चलचित्र हेर्नुपर्नेछ ।
प्रभु देवाको निर्देशनमा तयार भएको यस चलचित्रमा सलमान खान, दिशा पटानी(Disha Patani), रणदीप हुड्डा(Randeep Hooda) र ज्याकी श्रफ(Randeep Hooda) को मुख्य भूमिका भूमिका छ।