काठमाडौँ : सामाजिक सञ्जालमा फिल्म क्षेत्रको चर्चा वा विवादहरु सार्वजनिक भईरहन्छ। साथै कलाकारको व्यक्तिगत जीवनको कुराकानी र चर्चा पनि भईरहन्छ। जीवनमा थुप्रै समस्या आउँदा पनि आफ्नो मान्छेको साथ मिल्छ। साथै कैयौँ कलाकार प्रेम सम्बन्धको कारण पनि चर्चामा आउँछन्। सबैभन्दा चर्चाको विषयमा आउने भनेको अभिनेता-अभिनेत्रीको प्रेम सम्बन्ध(Love Affair) हो ।
नम्रता श्रेष्ठ(Namrata Shrestha) : नम्रता श्रेष्ठ थुप्रै अभिनेत्रीलाई आफ्नो व्यक्तिगत जीवन सार्वजनिक गर्न मन पर्दैन। त्यसमा अभिनेत्री नम्रता श्रेष्ठ पनि पर्छिन्। उनलाई आफ्नो व्यक्तिगत जीवन सार्वजनिक गर्न मन पर्दैन।

साम्राज्ञी राज्यलक्ष्मी शाह(Samragyee RL Shah) : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भने आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गर्दै आइरहेकी छिन् । केही समय पहिले उनको ब्वायफ्रेन्डसँगको फोटो भाइरल भएको थियो। नायिका साम्राज्ञीको देवांश जंग राणा(Devanksh SJB Rana)सँग प्रेम रहेको छ।

आना शर्मा(Anna Sharma) : नायिका आना शर्माले सोनाम छिरिङ शेर्पा(Sonam Tsering Sherpa)सँग तस्बिर हाल्दा भाइरल भएको थियो । यी दुईको जोडीलाई निकै मन पराईन्छ। तर अहिले यी दुईको ब्रेकअप भैसकेको छ ।

पुजा शर्मा(Pooja Sharma) : नायिका पुजा शर्मा र निर्दैशक सुदर्शन थापा(Sudarshan Thapa)को प्रेम सम्बन्ध पनि निकै चर्चित भएको थियो । तर यी दुईले भने आफ्नो सम्बन्ध खुलस्त रुपमा स्वीकार गरेका छैनन्। साथै बेला-बेलामा नायिका पुजाको अभिनेता आकाश श्रेष्ठ(Aakash Shrestha)सँग पनि नाम जोडिने गरेको छ। पुजा र आकाशका फ्यानहरुले पनि उनीहरुको जोडीलाई निकै मन पराउछन्।

