काठमाडौँ : प्रायजसो केटीहरूले बचपनमा बार्बी डल खेल्ने गर्छन्। यस प्रकारका गुडियाहरु सबैलाई मन पर्नेगर्छ। त्यस प्रकारको गुडियालाई नियालेर हेर्नु भएमा धेरै सुन्दर मुहार साथै आकर्षक आँखा सँगै आकर्षक कपाल देख्न सक्नु हुनेछ। यस्तै बन्ने हरेक युवतीको इच्छा हुने गर्छ भने यस प्रकारका युवती जो-कोही युवकलाई पनि मन पर्नेगर्छ। हेर्दै अत्यधिक सुन्दरी कसलाई चाहीं मन पर्दैन होला र ? आज हामी तपाईलाई यस्तै केही मोडलहरु देखाउने छौं, जो बार्बी डल भन्दा कम देखिंदैनन्।
एन्जेलिका केनोवा(Angelica Kenova) : रूस(Russia)को राजधानी मस्को(Moscow)मा बस्ने एन्जेलिका केनोवा, बार्बी गुडिया जस्तो देखिन्छिन्। मात्रै ३८ किलो तौल भएकी उनले सर्जरी नगराई बार्बी जस्तो देखिने गर्छिन्।

शार्लोट होथमैन(Charlotte Hothman) : शार्लेट होथमैन बार्बी गुडियाको यति धेरै सौखिन थिईन् कि उनले १०००० पाउन्ड खर्च गरेर बार्बी जस्तो देखिन कस्मेटिक सर्जरी गराएकी थिईन्।

वलेरिया लुक्यानोवा(Valeria Lukyanova) : यूक्रेन(Ukraine )की यी मोडललाई मानव बार्बीको उपनामले चिनिने गरिन्छ। विश्व-स्तरीय सुन्दरता प्रतियोगिता समेत जितेकी उनि मिस डायमण्डको ताज समेत पहिरिसकेकी मोडल हुन्।


डकोटा रोज(Dakota Rose) : २४ वर्कीष डकोटा रोजलाई बार्बी लुक्सका कारण चिनिने गरिन्छ। उनका चीन र जापान जस्ता देशहरूमा धेरै प्रशंसक रहेका छन्।

भेनस पलेर्मो(Venus Isabelle Palermo) : २४ वर्षकी उनि बार्बी जस्तै देखिने गर्छिन। उनका प्रसंशकहरु उनलाई भेनस एन्जिलिकको नामबाट बोलाउने गर्छन्।

लिली कोल(Lily Luahana Cole) : लिली कोल एक मोडेल र अभिनेत्री रहेकी छिन्। लिलीको मोडलिङ करियरमा आफ्नो गुडिया रुपका कारण धेरै प्रख्यात रहिन्। उनी गुडियाको जस्तै कपडा लगाउने गर्छिन्।

