छोराको खुलासा : दिवंगत इरफान खानले अस्पतालको बेडमा भनेका थिए यस्तो अन्तिम शब्द

एजेन्सी : भोलि बिहिबार २९ अप्रिलमा दिग्गज अभिनेता इरफान खान परलोक भएको १ वर्ष हुनेछ। उनको निधनपछि उनको सम्झनाको सिलसिला निरन्तर चलिरहेको छ। उनका पारिवारिक सदस्य प्राय: कुनै न कुनै पोस्ट मार्फत दिवंगत अभिनेतालाई याद गर्छन्। हालै छोरा बाबिल खानले पिता इरफान खानबारे एक खुलासा गरेका छन्, जसको धेरै चर्चा भईरहेको छ।

हालै एक अन्तर्वार्तामा बाबिल खानले पिता इरफान खानको अन्तिम शब्दबारे बताए, जुन इरफान खानले अस्पतालको बेडमा छोरा बाबिललाई भनेका थिए। साथै बाबिलले यो पनि बताए कि बुबा इरफान खानको कुरा सुनेर उनले कस्तो प्रतिक्रिया दिएका थिए।

बाबिल बताए, ‘म अस्पतालमा थिए, उनी बित्नुभन्दा दुई-तीन दिन अघिको कुरा । उहाँले होश गुमाउँदै हुनुहुन्थ्यो र अन्तिम पटक उहाँले म सँग कुरा गर्नुभयो। उहाँले मलाई हेर्नुभयो र मुस्कुराएर ‘म मर्दै छु’ भन्नुभयो। र मैले तपाईलाई छिट्टै निको हुनेछ भन्दै ढाडस दिए। उहाँ फेरि मुस्कुराउनुभयो र आँखा चिम्लिनुभयो।’

इरफान खान गत वर्ष सन् २०२० को अप्रिल २९ मा यो दुनियाँबाट अलविदा भएका थिए, जसपछि उनका परिवार र चलचित्रप्रेमी गहिरो शोकमा डुबे। इरफान खान ‘न्यूरोएन्डोक्राइन ट्यूमर(Neuroendocrine tumors)’ बाट पीडित थिए। यो रोगले हर्मोन उत्पादन गर्ने ग्रन्थिहरूमा असर गर्छ। उनले लामो समयदेखि यो रोगको उपचार गराउँदै आएका थिए तर यो रोगसँगको युद्दमा उनले हार खाए। उनी लन्डनमा उपचार गराएर फर्किएका थिए।  उनी अन्तिम पटक करीना कपूरसँग फिल्म ‘अँग्रेजी मिडियम’ मा देखिएका थिए।

खानले पानसिंह तोमर(Paan Singh Tomar), मकबूल(Maqbool), सलाम बाम्बे(Salaam Bombay!), द लन्च बक्स(The Lunchbox), लाइफ अफ पाई(Life Of Pi), जुर्‍यासिक वर्ल्ड(Jurassic World), स्लमडग मिलीअनेअर(Slumdog Millionaire)जस्ता बलिउड र हलिउडमा बनेका चर्चित चलचित्रमा अभिनय गरे। उनको अभिनयको धेरैले प्रशंसा गरेका छन्। उनको जन्म सन् १९५७ मा भएको बताइएको छ। ५३ वर्षको अल्पायुमै इरफानले भौतिक संसार त्यागेका हुन्।

प्रकाशित : बुधबार, बैशाख १५, २०७८१३:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अङ्ग-प्रत्यङ्ग छर्लङ्ग देखिने यस्तो कपडा लगाएर हिड्छिन् विश्वकै कान्छी अर्बपति काइली