अङ्ग-प्रत्यङ्ग छर्लङ्ग देखिने यस्तो कपडा लगाएर हिड्छिन् विश्वकै कान्छी अर्बपति काइली

एजेन्सी : आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी अमेरिकाकी काइली जेनर सधैँ आफ्नो लुक्सको कारण चर्चाको केन्द्रमा हुन्छिन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्। मिडिया व्यक्तित्व, प्रभावयुक्त व्यक्ति, मोडल, र व्यवसायी महिला काइली घरबाहिर निस्कने बित्तिकै मिडियाले उनलाई पछ्याउन थाल्छन्। उनी क्यामेराबाट कहिल्यै बच्न सक्दिनन्।

२४ वर्षीय काइलीलाई अमेरिकी शहर बेवर्ली हिल्स(Beverly Hills)मा स्पट गरिएको छ, जहाँका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भईरहेका छन्।

तस्बिरमा काइली स्किन कलरको टप र व्हाइट जिन्समा देखिएकी छिन्। यसको साथै उनले हिल लगाएकी छिन्। मिनिमल मेकअप र ओपन हेयर्सले आफ्नो लुकलाई कम्प्लिट गरेकी छिन्।

तस्बिरमा उनले आफ्नो लोभलाग्दो सुगठित शरीर प्रदर्शन गरेकी छिन्। जुन तस्बिरमा उनका अङ्ग-प्रत्यङ्ग छर्लङ्ग देखिएका छन्। उनका यी तस्बिरहरुलाई फ्यान्सले असाध्यै मन पराएका छन्। सामाजिक सञ्जालमा अपलोड गरिएका यी फोटोमा फ्यान्सले सकारात्मक प्रतिक्रियाहरु दिएका छन्। उनको सुन्दरताको तारिफ गरेका छन्।

कामको कुरा गर्ने हो भने काइली अन्तिम पटक फिल्म ‘भ्याम्प’ र ‘स्टक विद यु’ मा देखिएकी थिईन्। यसमा उनको अभिनयले खुब वाहवाही बटुलेको थियो। उनले सन् २००७ देखि टेलिभिजन शृङ्खला किपीङ्ग अप विथ कार्दशियन्स(Keeping Up With the Kardashians )मा अभिनय गरेकी थिइन् र उनी कस्मेटिक कम्पनी काइली कस्मेटिक्स(Kylie Cosmetics)को संस्थापक र मालिक हुन्।

प्रकाशित : बुधबार, बैशाख १५, २०७८१५:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रेम त सबैले गर्छन्, तर साँचो प्रेम गर्न यी उदाहरणीय ६ जोडीबाट सिक्नुहोस्