एजेन्सी : पूर्व वयस्क चलचित्र अभिनेत्री मिया खलिफाले वयस्क चलचित्र उद्योग छाडे पनि विभिन्न हर्कत र अभिव्यक्तिको कारण चर्चामा रहने गर्छिन्। मिया कहिले सामाजिक सञ्जालमा अनेक हर्कत गरेर चर्चामा हुन्छिन् त कहिले विवादित अभिव्यक्ति दिएर।
हालसालै मियाले सामाजिक सञ्जालमार्फत एक खुलासा गरिन् जसको कारण उनी पुन: चर्चामा छिन्। खासमा मियाले वयस्क चलचित्र उद्योगबाट आफूले कमाएको रकम बारे खुलासा गरेकी हुन्।
एक अन्तर्वार्ताको क्रममा मियाले वयस्क चलचित्र उद्योगबाट मात्रै १२ हजार डलर कमाएको खुलासा गरेकी छन्। मानिसहरुले धेरै कमायो भनेर सोच्ने गरेको भएता पनि आफूले मात्रै १२ हजार डलर कमाएको उनी बताउँछिन्।
मानिसहरुले दशौ लाखौ कमायो भनेर भन्ने गरेको भएतापनि मिया त्यसलाई नकार्छिन्। यस क्षेत्रबाट १२ हजार डलर बाहेक एक पैसा पनि देख्न नपाएको उनको दावी छ।
मात्रै तीन महिना पोर्न क्षेत्रमा काम गरेकी मियाले काम अन्य क्षेत्रमा काम पाउन समेत आफूलाई गार्हो भएको र विभिन्न धम्किको समेत सामना गरेको घटनाहरुलाई पनि मियाले उक्त अन्तर्वार्ताको क्रममा स्मरण गरेकी छन्।
अन्तर्वार्तामा मियाले मात्रै १२ हजार डलर कमाएको दावी गरेता पनि धेरैले यसलाई पत्याएका भने छैनन्। मियाले झुठो बोलेको भन्दै धेरैले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।
People think I’m racking in millions from porn. Completely untrue. I made a TOTAL of around $12,000 in the industry and never saw a penny again after that. Difficulty finding a normal job after quitting porn was… scary. Full interview here: https://t.co/xHK7SmhfrY pic.twitter.com/fwJlyzHznq
— Mia K. (@miakhalifa) August 12, 2019
भारतमा भईरहेको किसान आन्दोलनको समर्थन जनाउँदै सामाजिक सञ्जालमा पोस्ट शेयर गरेपछि मिया खलिफा पुन चर्चाको केन्द्रमा आएकी थिईन्। उनले लेखेकी थिईन् – ‘यो सब मानव अधिकार उल्लघंन भइरहेको छ । उनीहरुले बिना कारण नै त्यस आन्दोलन वरपर इन्टरनेट बन्द गरेका छन्। म उनीहरुको साथ छु ।’