बदला लिन महिलाले एक्सकी छोरीलाई पठाइन् गोप्य भिडियो, मच्चियो तहल्का

एजेन्सी : ब्रिटेनमा एक महिलाले आफ्नो पूर्वप्रेमीसँग बदला लिनको लागि युट्युबमा अन्तरङ्ग पलको गोप्य भिडियो अपलोड गरेपछि तहल्का मच्चिएको छ । महिलाको मनमा बदलाको आगो दनदनी बल्न थालेपछि उनले खप्न नसकी पूर्वप्रेमीको परिवारलाई गोप्य तस्बिर पठाईन्। ५० वर्षीय हिलेरीलाई यो घटनापछि प्रहरीले गिरफ्तार गरेको छ र प्रेस्टन कोर्टमा पेश गरिएको छ।

सोशल मिडिया प्लाटफर्म्समा पूर्वप्रेमीले ब्लक गरेको कुरा उनको मनमा सुल बनेर गढिरहेको थियो। पूर्वप्रेमीले ब्लक गरेको कारण रिसले आगो भएकी उनले पूर्वप्रेमीको पितालाई गोप्य तस्बिर पठाइन् र पूर्वप्रेमीकी छोरीलाई इन्स्टाग्राममा थुप्रै गोप्य भिडियोहरु धमाधम पठाइन्। यतिमा मात्र उनी रोकिनन्। उनले यी भिडियोमार्फत आफ्नो पूर्व-प्रेमीको मजाक पनि उडाईन्।

युट्युबमा पनि महिलाले आफ्नो एक्सको गोप्य भिडियो पोस्ट गरिन्। यद्यपि भिडियोले कम्युनिटी गाइडलाइन्स फलो नगरेको भन्दै केही छिनमै युट्युबले भिडियो डिलिट गरेको थियो। डेली मेलको रिपोर्टस अनुसार, हिलेरीले आफ्नो एक्सकी छोरीलाई अब पूरा दुनियाँले तिम्रो बुबाको हर्कत हेर्नेछन् भन्दै धम्की दिएकी थिईन्।

हिलेरीले आफ्नो एक्सकी छोरीलाई मेसेज गर्दै भनिन् – ‘मेरो अफिसका अधिकांस मानिस तिम्रो बुबाको कुरा गर्दै हाँसिरहेका थिए। तिमी आफैँ हेर्न सक्छौँ कि तिम्रो बुबाको दिमागमा हरबखत के चल्छ भनेर। उनी एक निर्लज्ज मान्छे हुन्।’

हिलेरीको एक्सका बुबालाई ती तस्बिरहरुले मानसिक स्थिति नै खलबल बनाईदिएको थियो र उनले हत्तपत्त ती तस्बिर डिलिट गरेका थिए। उनलाई छोराले आवेगमा गलत कदम उठाउँला कि भन्ने डर पनि थियो। प्रेस्टन कोर्टका जज सुजैन गोडार्डले महिलाको यस्तो हर्कतलाई अत्यन्तै लज्जास्पद भनेका छन्। हिलेरी वार्ड जेलको हावा खानबाट जोगिएकी छिन्।  उनले कम्युनिटी सर्भिस र अनपेड वर्कको सजाय पाएकी छिन्।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८१९:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाइरल फोटो : छोरी भन्दा आमा तरुनी देखिएपछि…..