बिना मेकअप पनि बिछट्टै राम्री देखिन्छन् टिभीका यी अभिनेत्रीहरु !

एजेन्सी : प्राय: अभिनेत्रीहरु अन स्क्रिन या अफ स्क्रिनमा मेकअपमा देखिन्छन। अभिनेत्रीहरु टिभीमा पर्फेक्ट देखिनको लागि घन्टौंसम्म मेकअप गर्छन तर त्यसको मतलब यो पनि होइन कि ती अभिनेत्रीहरु बिना मेकअप सुन्दर देखिदैनन्। भारतीय टेलिभिजन उद्योगमा यस्ता थुप्रै अभिनेत्रीहरु छन् जसको बिना मेकअप लुक पनि हिट छ र मेकअप लुकले पनि फ्यानहरुलाई दीवाना बनाएका छन्।

अनिता हसनन्दानी(Anita Hassanandani) : ‘नागिन ३(Naagin 3)’ मा अहम रोल निभाएकी अभिनेत्री अनिता हसनन्दानी शानदार व्यक्तित्वकी मालिक्नी हुन्। अनिताको बिना मेकअप लुकले पनि फ्यानहरुलाई दीवाना बनाउने गर्छ।

दिव्याङ्का त्रिपाठी(Divyanka Tripathi) : ‘ये है मोहब्बतें(Yeh Hai Mohabbatein)’ की अभिनेत्री दिव्यांका त्रिपाठीको सुन्दरता प्राकृतिक हो। उनको त्वचा निकै सुन्दर छ र यसको श्रेय उनको सन्तुलित आहारलाई जान्छ।

मौनी रोय(Mouni Roy) : मौनी रोयको सुन्दरताको चर्चा बलिउड फिल्म नगरीमा समेत हुने गर्दछ। उनको पर्फेक्ट जअ लाइन र चम्किलो त्वचाको अगाडी शायद मेकअपको जरूरत हुँदैन।

जेनिफर विङ्गेट(Jennifer Winget) : जेनिफर विंगेटको शानदार मुस्कानको अगाडी उनको हरेक मेकअप फेल खान्छ। अझ खास कुरा यो हो कि यस अभिनेत्रीको मुस्कानले पुरुष फ्यानहरुलाई मात्र नभई महिला फ्यानहरुलाई पनि कायल पारेको छ।

हिना खान(Hina Khan) : हिना खानको अपडेट फेसन र उनको बिना मेकअप लुक बारे बिग बोस(Bigg Boss)मा व्यापक चर्चा हुने गर्थ्यो । उनी शोमा आफ्नो मर्निङ लुकमा दर्शकहरुलाई मनोरञ्जन दिने गर्थिन्।

प्रकाशित : बुधबार, बैशाख ०८, २०७८२०:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमान खानको सही फैसला : बलिउडलाई देखाए नयाँ बाटो