सलमान खानको सही फैसला : बलिउडलाई देखाए नयाँ बाटो

एजेन्सी : ‘भाई का कमिटमेन्ट, ईद पर इन्टरटेन्मेन्ट’ – यहीँ लाइन लेखिएको छ सलमान खानको आउँदो फिल्म ‘राधे योर मोस्ट वान्टेड भाई’ को नयाँ पोस्टरमा। यस्तो माहोल बनिरहेको थियो कि पछिल्लो ईद जस्तै यो वर्षको ईदमा पनि सलमानले आफ्नो बाचा निभाउन सक्ने छैनन्। कोरोना भाईरसको बढ्दो प्रकोपको कारण ‘राधे’ तय गरिएको मिति १३ मेमा रिलिज नहुने भएको छ, तर सलमानले आफ्नो बाचा पूरा गर्ने छन्।

राधे एक वर्ष अघि नै बनेर तयारी अवस्थामा छ। रिलिज गर्नको लागि स्थिति सामान्य हुने प्रतीक्षा भईरहेको थियो, तर महामारीको प्रकोप घट्नुको सट्टा झन बढिरहेको छ। सिनेमाहल गई फिल्म हेर्ने हिम्मत जुटाउन अहिले सम्भव देखिन्न। अहिले अधिकांस सिनेमाघर बन्द छन्।

सलमान खानले सिङ्गल स्क्रिन सिनेमाघरका मालिकालाई आफ्नो फिल्म ओटिटीमा नबेच्ने र सिनेमाघरमै रिलिज गर्ने वचन दिएका थिए। उनले यो वचन अधुरो रुपमा पूरा गर्दै छन्। सलमानले आफ्नो फिल्म सिनेमाघरसँगसँगै विभिन्न डिजिटल प्लाटफर्ममा रिलिज गर्दै छन्।

सलमानले आफ्नो फिल्म दिईसकेका छन् तर सिनेमाहलवालाहरु हल खोलेर फिल्म रिलिज गर्ने हालतमा छैनन्। सलमान पनि आफ्नो फिल्मको रिलिज लामो समयसम्म रोकिराख्ने अवस्थामा छैन। फिल्मको लागत बढ्छ र रिकभरी गर्न कठिन हुन्छ। एउटा न एउटा बाटो जो रोज्नु नै त थियो।

सिनेमाघर मालिकहरुले सलमानको यस्तो फैसला सुनेर असन्तुष्टि जनाएका छन्। तर एक फिल्म निर्माता भएको नाताले सलमानले गरेको यो फैसला बिल्कुलै सही हो। कोरोनाले संसारभर उथलपुथल ल्याएको छ। मनोरञ्जनका क्षेत्रमा नयाँ प्रयोग भईरहेका छन्।

अमिताभ बच्चन, आयुष्मान खुराना, अक्षय कुमारकमा फिल्महरु पनि सीधैं ओटिटीमा रिलिज गरिएको छ। अजय देवगन जस्ता अभिनेता पनि अहिले वेबसिरिजमा अभिनय गर्दै छन्। मनोरञ्जनका दुनियाँमा धेरै परिवर्तनहरु आएका छन् र यसलाई आत्मसात् गरी अघि बढ्न आवश्यक छ।

राधे मार्फत सलमानले एक नयाँ बाटो देखाएका छन्। हलको साथ-साथै अरु प्लाटफर्ममा पनि फिल्म रिलिज गर्न सकिन्छ। जसलाई जहाँ मन पर्छ त्यहीँ हेर्छन्। यो फिल्मलाई टिभीमा हेर्नको लागि पनि पैसा तिर्नुपर्नेछ। लाभ-हानिको विश्लेषण गर्न राधेको रिलिज डेट नै पर्खिनुपर्नेछ।  यदि मुनाफा भएमा सूर्यवंशी र ८३ जस्ता  फिल्महरु पनि यहीँ बाटोमा आउनेछन्।

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७८१४:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कहिल्यै किस नखाने कसम खाएका सलमानले दिशालाई किस गरे…टाइगरले दिए यस्तो प्रतिक्रिया