सर्वाधिक रुचाइएको इमरानको ‘लुट गए’ ले ६० दिनमा बनायो यस्तो किर्तीमानी

एजेन्सी : इमरान हाशमीको करियरले अहिले रफ्तार समातेको छ। उनले केही राम्रा फिल्महरु साइन गरेका छन्। सलमान खानको टाइगर ३ मा उनी खलनायकको भूमिकामा देखिँदै छन्। यसैबीच उनी अभिनित एक म्युजिक भिडियो ‘लुट गए’ ले युट्युबमा तहल्का मच्चाएको छ। यो भिडियो ६० दिनमा ५०० मिलियन पटक हेरिएको छ जुन एउटा नयाँ कीर्तिमानी हो।

इमरान हाशमीले खुशी हुँदै इन्स्टाग्राममा लेखेका छन् – ‘ यो गीतमा जोडिएर गर्व र सम्मान महसुस गरिरहेको छु।’ यो पहिलो भारतीय म्युजिक भिडियो हो जुन कम समयमै धेरैपटक हेरियो।

यो गीत युट्युबमा मात्र नभई इन्स्टा रील र टिकटकमा पनि खुब भाइरल भईरहेको छ। यस गीतमा इमरान आफ्नो प्रेमिकालाई बचाउनको लागि तमाम कोशिश गर्छन् तर असफल हुन्छन्। इमरानसँग यो गीतको भिडियोमा मोडेल युक्ति थरेजा(Yukti Thareja) देखिएकी छिन्। ४२ वर्षीय इमरान हाशमीले २१ वर्षीय मोडेल युक्तिसँग रोमान्स गरेका हुन्।

टि-सिरिजको ब्यानर अन्तर्गत रिलिज भएको यो गीतलाई दर्शकले अत्यधिक मन पराएका छन्। पछिल्लो समय यो गीत मानिसहरुको पहिलो रोजाई बनेको छ।

यो गीतलाई विनय सप्रु र राधिका रावले निर्देशन गरेका हुन्। जुबिन नौटियालले यो गीतमा आवाज दिएका छन्। तनिष्क बागची(Tanishk Bagchi)ले सङ्गीत सम्पादन गरेका हुन् भने मनोज मुन्ताशिर(Manoj Muntashir) को शब्द संयोजन हो।

प्रकाशित : मङ्गलबार, बैशाख ०७, २०७८१८:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५० वर्षमा अचानक चम्कियो सैफको भाग्य, ऋतिक भन्दा बढी लिँदैछन् पारिश्रमिक