५० वर्षमा अचानक चम्कियो सैफको भाग्य, ऋतिक भन्दा बढी लिँदैछन् पारिश्रमिक

एजेन्सी : बलिउडमा तीन खानको उल्लेख जहाँकहीँ हुन्छ। सलमान खान, आमिर खान र शाहरुख खानको काँधमा बलिउडको सम्पूर्ण जिम्मेवारी अडिएको समेत भन्ने गरिन्छ। हरेक ठुल्ठुला चाडपर्वमा यी तीन खानकै फिल्महरु रिलिज गरिन्छ। बलिउडमा तीन खानको एकाधिकार रहेको समेत चर्चा हुन्छ।  जसले गर्दा तीन खानको छवि अझ सुदृढ हुँदै गएको देख्न सकिन्छ। तर पछिल्लो केही समयदेखि यो ट्रेन्ड बदलिएको छ। अब खानहरु तीन जनामा मात्र सीमित रहेनन्, एक अर्का खान पनि थपिएका छन्। चौथो खानको नाम हो – सैफ अलि खान।

करियरको सुरुवातमा पातलो आवाजको कारण सैफ मजाकको पात्र बन्न गर्थे। शारीरिक बनोट पनि उनको खासै तगडा थिएन्। अहिले उनी ५० वर्षका भईसकेका छन्। अहिले उनको स्टाइल पनि बदलिएको छ र उनको करियरले पनि उचाई चुम्न थालेको छ। लामो समयपछि उत्कृष्ट अभिनयको लागि अवार्ड पनि पाउन थालेका  छन् र ठुल्ठुला बजेटका फिल्ममा उनलाई लिन निर्देशकहरुले कसरत गर्न थालेका छन्। तर यो बदलाव आयो कसरी ? फिल्ममेकर्सले दृष्टिकोण बदले या सैफले नै आफ्नो रणनीतिमा बदलाव ल्याए ?

सैफको करियरमा नजर लगाउँदा यो कुरा थाहा हुन्छ कि जबबाट उनले लिड हिरो बन्ने सपना त्यागे तबबाट उनको भाग्य चम्किएको देख्न सकिन्छ। उदाहरणको लागि ‘तन्हाजी: द अनसंग वारियर(Tanhaji: The Unsung Warrior)’लाई  लिनुहोस् जहाँ अजय देवगन प्रमुख नायकको भूमिकामा छन् भने खलनायकको भूमिकामा सैफ लगातार भारी परिरहेका छन्। वेब सिरिज सेक्रेड गेम्स(Sacred Games) पनि गज्जबको उदाहरण हो। यो वेबसिरिजमा पनि सैफले कुनै लिड रोल निभाएका थिएनन्, तर नवाजुद्दीन सिद्दीकी(Nawazuddin Siddiqui) सँग उनको केमिस्ट्री मज्जाले जमेको थियो। जबदेखि सैफले फिल्ममा सहायक भूमिका निभाउन सुरु गरे, उनको अभिनयले अलग आयाम लिएको छ र उनी चलचित्रको भूमिकामा पनि निकै मजबूतसाथ प्रस्तुत हुने गरेका छन्।

अहिले सैफ आफैँले पनि यो कुराको महसुस गरेका छन्। यहीँ कारण अहिले उनले मल्टिस्टारर फिल्महरुमा काम गर्न रुचि देखाउने गरेका छन्। सैफलाई आदिपुरुषमा रावणको भूमिका प्रस्ताव गरिएको छ। यो भूमिकाको निकै चर्चा भईरहेको छ। साथ-साथै प्रभास र कृतिले पनि धेरै मिडिया अटेन्सन पाइरहेका छन्। जसले गर्दा सारा जिम्मेवारी सैफको काँधमा मात्र आउँदैन। उनले कसैको दबाब बिना आफ्नो रोल निभाउन सक्छन्।

पारिश्रमिकको मामिलामा  पनि सैफ अलि खानलाई कोहीँ भन्दा कम आँक्न सकिन्न। भारतीय सञ्चारमाध्यमहरुका अनुसार फिल्म विक्रम वेधामा सैफले ऋतिक रोशन भन्दा बढी पारिश्रमिक लिँदै छन्। पछिल्लो समय सामाजिक सञ्जालको दुनियाँमा बलिउडको तीन खान नभई चार खानको चर्चा हुन्छ – शाहरुख खान, सलमान खान, आमिर खान र सैफ अलि खान।

प्रकाशित : बुधबार, बैशाख ०८, २०७८११:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्रिकेटर ऋषभ पन्तबाट ब्लक खाएकी उर्वशी भन्छिन् – ‘म कोहीँ क्रिकेटरलाई चिन्दिन्।’