एजेन्सी : क्यान्सरसँग लडिरहेकी अभिनेत्री राखी सावन्तकी आमाको अपरेसन सफल भएको छ। राखीकी आमा लामो समयदेखि अस्पतालमा उपचाररत थिईन्। राखीले यसबारे धेरै पटक टिभीमा पनि उल्लेख गरेकी थिईन्। राखीकी आमालाई उपचारमा सहयोग गर्न सलमान खान अघि सरे र उनले अप्रेसनको लागि सम्पूर्ण व्यवस्था गरे। आमाको सफल अप्रेसनपछि राखीले सलमान खान र सोहेल खानप्रति कृतज्ञता व्यक्त गरेकी छिन्।
अस्पतालबाट निस्केपछि राखी सावन्तले प्यापाराजीसँग कुराकानी गरिन्। यसैक्रममा उनले क्यामराको अगाडी बीच बाटोमा घुँडा टेकी सलमान खानलाई ढोग्दै धन्यवाद भनिन्। उनको आँखा पनि आँसुले भरिएको थियो।
राखीको यो भिडियो भाइरल भईरहेको छ। भिडियोमा राखी भन्छिन् – ‘आज बिहानै मेरी आमाको अपरेसन भयो। मैले इन्स्टाग्राममा आमाको ट्युमरको भिडियो पनि शेयर गरेको छु। डाक्टरले भनेअनुसार यदि चाँडो नआएको भए शायद मेरी आमाको ज्यान बच्दैन्थ्यो।’
रुञ्चे आवाजमा राखीले सलमानलाई धन्यवाद भनिरहेकी छिन्। तर उनलाई सलमानले गरेको उदार सहयोगको लागि दिईएको धन्यवाद शब्द कम भएको जस्तो लाग्छ र घुँडा टेकी जमिनमा ढोगेर सलमानप्रति आभारी हुन्छिन्। उनी भन्छिन् – ‘सलमान भाई, म त बस तपाईको अगाडी झुक्न सक्छु…तपाईले मेरी आमाको ज्यान बचाउनुभएको छ।’
राखी सलमानले गरेको सहयोग सम्झेर रुन लाग्छिन्। रुँदै-रुँदै भन्छिन् – ‘मलाई अरु केही चाहिँदैन्, बस मेरो आमा चाहिन्छ, आमा बाहेक अरु केही चाहिदैन। धन्यवाद सोहेल भाई, धन्यवाद सलमान भाई….मेरी आमाले नयाँ जीवन पाउनुभयो। सलमान भाईले भारतकै सबैभन्दा चर्चित डाक्टर(क्यान्सर स्पेशलिस्ट) दिनुभयो।’
राखी यत्तिमै रोकिदैनन्। उनी ईश्वरको प्रार्थना गर्दै भन्छिन् – ‘तपाईले सलमान-सोहेल जस्तो उद्दारकर्ता हाम्रो जिन्दगीमा पठाउनुभयो। मेरो सबै उमेर सलमान जीलाई लागोस्। मेरो सारा आशिष, सारा पुण्य, सारा उमेर सलमान र सोहेल जीलाई लागोस्।’
अस्पतालबाट निक्लिनुअघि राखी सावन्तले आफ्नो आमाको एक भिडियो शेयर गरेकी थिईन्। यसमा उनले आफ्नी आमालाई अपरेशन अगाडी हिम्मत दिईरहेकी देख्न सकिन्छ।
वे कहती हैं- ‘मम्मा एकदम टेंशन मत लेना. खुश रहना, सब डॉक्टर्स, सिस्टर्स सब साथ में है, जल्दी अच्छे होकर बाहन आना, हम सब इंतजार कर रहे हैं. ऑल द बेस्ट मॉम’. मालूम हो सलमान खान ने राखी सावंत का हर कदम पर साथ दिया है. राखी ने भी हमेशा से सलमान के प्रति अपना आभार जताया है और कैमरे के सामने भी ये कई बार दिखा है.
उनी भन्छिन् – ‘मम्मा टेन्सन नलिनुहोस्। खुशी हुनुस्, सबै डाक्टर्स, सिस्टर्स तपाईको उपचारको लागि तयारी अवस्थामा छन्, छिट्टै निको भएर बाहिर आउनुहोला। हामी सबै प्रतीक्षा गरिरहेका छौँ। अल द बेस्ट मम।’ सलमान खानले राखी सावन्तलाई हरेक कदममा साथ दिएको कुरा सर्वविदितै छ। राखी पनि सधैँ सलमानप्रति आभार व्यक्त गर्छिन्।