निक्कीले ब्ल्याक नाइटीमा देखाइन् आफ्नो हेरिरहन लाग्ने अदा, फ्यान्स भए बेकाबू

एजेन्सी : हालै अभिनेत्री निक्की तम्बोलीले ब्ल्याक नाइटी लगाएको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी छिन्। यसमा उनी बिछट्टै राम्री देखिएकी छिन्।

ब्ल्याक नाइटीमा उनको लोभलाग्दो अदाको फोटो हेर्दा-हेर्दै केही छिनमै भाइरल भएको छ र उनका फ्यान्सले यो फोटो असाध्यै मन पराएका छन्।

मुख्य रूपमा तमिल फिल्म उद्योगमा काम गरेकी भारतीय फिल्म अभिनेत्री निक्की तम्बोलीले लोकप्रिय रियलिटी शो बिग बोसमा प्रवेश पाएपछि उनको चर्चा चर्चा चुलिएको हो। उनी शोमा विजेता बन्न नपाएनि उनको करियरमा यो शोले निर्णायक भूमिका निभाएको छ। निक्कीले कञ्चना ३, थिप्पारा मीसम जस्ता लोकप्रिय फिल्महरुमा काम गरेकी छिन्। सिनेमाघरमा हिट भएको निक्कीको पछिल्लो फिल्म ‘कञ्चना ३’ थियो, जुन सन् २०१९ मा प्रदर्शनमा आएको थियो।

भारतीय सञ्चार माध्यमहरुका पछिल्लो खबर अनुसार निक्कीले ‘फियर फ्याक्टर : खतरों के खिलाडी’ शो पनि साइन गरेकी छिन्।

प्रकाशित : मङ्गलबार, बैशाख ०७, २०७८११:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘केजिएफ-२’ रिलिज डेट : प्रतीक्षाको घडी अझैँ लम्बिने निश्चितप्राय :