दिशाले शेयर गरिन् २८ वर्षे लोभलाग्दो बैंशको यस्तो फोटो, १ घण्टामै आयो १२ लाख लाइक्स

एजेन्सी : बलिउड अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जाल इन्स्टाग्राममा अत्यधिक लोकप्रिय छिन्। उनका फ्यानहरु उनको फोटोको प्रतीक्षामा हुन्छन् र जब उनले फोटो पोस्ट गर्छिन् तब लाइक्स र कमेन्टसको वर्षात् हुन्छ। हालै दिशाले आफ्नो एक फोटो पोस्ट गरेकी छिन् जसमा उनको लोभलाग्दो सुन्दरता र मस्त जवानी देख्न सकिन्छ। फोटोमा उनी समुन्द्रको तटमा देख्न सकिन्छ। कपाल हावाले उन्मुक्त उडाईरहेको छ र उनी निर्धक्कसाथ आँखा बन्द गरी घाम तापेर आनन्द लिईरहेकी छिन्। यो फोटो पोस्ट गरेको एक घण्टामै १२ लाख भन्दा लाइक्स आएको छ।

दिशा बलिउडको फिट अभिनेत्री मध्ये एक हुन्। कम समयमै उनले बलिउडमा आफ्नो पहिचान बनाएकी छिन्। फिल्ममा सशक्त भूमिकामा अभिनय नगरे पनि सामाजिक सञ्जालमा अत्यधिक रुचाईएको अभिनेत्री हुन् दिशा पटानी। उनलाई सामाजिक सञ्जालमा पछ्याउनेको सङ्ख्या निकै ठूलो छ। उनलाई सामाजिक सञ्जाल फेसबुकमा १७ मिलियन, इन्स्टाग्राममा ४३ मिलियन र ट्वीटरमा ६ मिलियनले फलो गरेका छन्।

दिशाको रिलिजको तयारीमा रहेको फिल्म ‘राधे’ हो जसमा उनी सलमान खानसँग देखिनेछिन्। यस बाहेक उनी ठुल्ठुला ब्यानर्सका फिल्महरुमा काम गरिरहेकी छिन्।

प्रकाशित : सोमबार, बैशाख ०६, २०७८१४:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डान्स गर्दैगर्दा बीचैमा रणवीरको पाइन्ट च्यातियो, दीपिकाले यसरी बचाइन् इज्जत