डान्स गर्दैगर्दा बीचैमा रणवीरको पाइन्ट च्यातियो, दीपिकाले यसरी बचाइन् इज्जत

एजेन्सी : अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको जोडीलाई बलिउडको सबैभन्दा पर्फेक्ट जोडी मानिन्छ। दुवैजना वर्षौँ एक साथ छन्। पर्दामा यी दुईको जोडी सुपरहिट छ र रियल लाइफमा पनि यी दुईको जोडीलाई अत्यधिक मन पराइन्छ। हालै दीपिकाको एक पुरानो भिडियो भाइरल भईरहेको छ, जसमा उनले रणवीरबारे एक किस्सा बताएकी छिन्। जुन भिडियोमा दीपिकाले एक म्युजिक फेस्टिभलको बीचमा कसरी रणवीर सिंहको पाइन्ट च्यातिएको थियो भनेर बताएकी छिन्।

डान्स गर्दा-गर्दै च्यातियो पाइन्ट : रणवीर सिंह जोशिलो मिजासको भएको कुरा सर्वविदितै छ। उनी सधैँ एकदमै सक्रिय रहन्छन् र आफ्नो ज्यानलाई चलायमान राखिरहन्छन्। एकपटक जोशिलो पारामा नाच्दै गर्दा उनको पाइन्ट नै च्यातिएको थियो। त्यतिबेला दीपिकाले उनलाई मद्दत गरेकी थिईन्।


दीपिकाले बचाइन् ईज्जत : दीपिकाले यो किस्सा ‘द कपिल शर्मा’ शोमा बताएकी थिईन्। दीपिकाले भनिन् – ‘बार्सिलोनामा एक म्युजिक फेस्टिभल थियो। रणवीरले लूज खाले पाइन्ट लगाएका थिए र उनी केही अनौठो डान्स स्टेप गरिरहेका थिए। तब अचानक उनको पाइन्ट च्यातियो। अनि मैले उनलाई रोकिन् भने। मैले आफ्नो ब्यागबाट सुई धागो निकाले। सबै मानिस डान्स गरिरहेका थिए र पार्टीको बीचमा म उनको पाइन्ट सिलाईरहेकी थिई।’ त्यसपछि दीपिकाले पार्टीको तस्बिर पनि देखाइन्, जसमा उनी पाइन्ट सिलाईरहेको देख्न सकिन्छ। जुन फोटो देखेर त्यहाँ उपस्थित सबैजना हाँस्न थाल्छन्।


यसरी भयो प्रेमको सुरुवात : कपिल शर्मा रणवीर सिंहलाई लक्की हजबेन्ड मान्छन्। दीपिका पादुकोण र रणवीर सिंहको अफेयरको सुरुवात फिल्म ‘रामलीला’ बाट भएको थियो। फिल्म ‘रामलीला’ को छायांकनको क्रममा दुवैजना नजिक भए र त्यो निकटपन प्रेममा परिवर्तन भयो। यो फिल्मपछि यी दुईले एक साथ थुप्रै फिल्महरुमा काम गरे। यहीँ बेला उनीहरुको प्रेम झन्-झन् गाढा हुँदै गयो। सन् २०१८ मा यी दुईले इटलीमा विवाह गरेका थिए। यिनको विवाहको फोटो सामाजिक सञ्जालमा आगो जसरी फैलिएको थियो। विवाहपछि अब यी दुई फिल्म ‘८३’ मा एकसाथ काम गर्नेछन्। रोचक कुरा यो छ कि यो फिल्ममा दुवै जना पति-पत्नीको भूमिकामा हुनेछन्।

प्रकाशित : सोमबार, बैशाख ०६, २०७८१८:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सोनम र काजलको बिना-मेकअपको फोटो देख्दा तर्सिए फ्यान, भयो व्यापक ट्रोल