मेष राशिका लागि २०७८ साल शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल

मेष राशि – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : 

वर्ष २०७८ मेष राशिका मानिसको लागि समग्रमा शुभ साबित हुने देखिन्छ। यस वर्ष मेष राशिका मानिसलाई भाग्यले पनि पूरा साथ दिनेछ। वैदेशिक यात्राको सम्भावना प्रवल देखिन्छ। व्यापार-व्यवसायको सन्दर्भमा भने यो वर्ष तपाईंको लागि त्यति शुभ नरहला। तपाईंको ऋणमा वृद्धि हुनसक्छ।

कुनै पनि ठाउँमा खर्च गर्दा विशेष ध्यान दिन जरूरी देखिन्छ। शेयरबजारमा लगानी गर्ने मानिसको लागि भने वर्ष अत्यन्त शुभ साबित हुनेछ। वर्षको धेरै जसो समय तपाईंलाई आर्थिक संकटले सताउन सक्छ।सम्बन्ध तथा प्रेम सम्बन्धि मामिलाको कुरा गर्नु पर्दा मेष राशिका मानिसले यो वर्ष आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन्।

दाजु-भाई बीच मेलमिलाप हुनेछ र उनीहरुबाट खुब सहयोगको आशा गर्न सकिन्छ। टाढा रहेका साथी-भाईसँगको सम्बन्ध पनि मजबूत हुने सम्भावना रहेको छ। स्वास्थ्यको कुरा गर्नु पर्दा यस वर्ष तपाईं अलि सावधान रहनु पर्ने देखिन्छ। स्वास्थ्य क्षेत्रमा अधिक खर्च हुने देखिन्छ। विशेषगरी हड्डी सम्बन्धि समस्याले सताउन सक्छ।

सामाजिक क्षेत्रको कुरा गर्दा सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मानमा वृद्धि हुने सम्भावना रहेको छ। स्वास्थ्य र घरजग्गामा सम्बन्धि क्षेत्रमा संलग्न रहेका मानिसको लागि यो वर्ष अत्यन्त शुभ रहने वाला छ। शिक्षा क्षेत्रमा रहेका मानिसले पनि राम्रो लाभ उठाउन सक्नेछन्।

विद्यार्थी वर्गको लागि पनि २०७८ साल निकै राम्रो परिणाम दिनेवाला साबित हुनेछ। वैदेशिक क्षेत्रका शिक्षार्थीहरूका लागि पनि समय अनुकूल नै रहनेछ।

प्रकाशित : सोमबार, चैत ३०, २०७७००:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वृष राशिका लागि २०७८ साल शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !