वृष राशिका लागि २०७८ साल शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !

वृष  राशि – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :

२०७८ साल तपाईंको लागि सामान्य रहनेछ। वर्षको अन्तिम महिनामा भने परिस्थिति अनुकूल हुने सम्भावना देखिन्छ, जसपछि अधुरा रहेका कार्य पनि सरलताका साथ सम्पन्न हुनेछ। यो वर्ष तपाईंले कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्नको लागि धैर्य गर्नु पर्ने हुन्छ। सामाजिक तथा सरकारी क्षेत्रमा तपाईंको संलग्नता बढ्नेछ।

वृष राशिका मानिसको लागि यो वर्ष व्यापारको हिसाबले उत्कृष्ट नहुन सक्छ। घरजग्गा तथा निर्माण कार्यहरुबाट प्रशस्त लाभ उठाउन सक्नुहुनेछ। ठूला व्यापारीहरुले यो वर्ष खुब लाभ लिनेछन्। तर सेयरबजारमा लागेका मानिसले भने यो समयमा धेरै सावधान रहन जरूरी छ। वर्षको सुरुमा धन हानि समेत हुने योग रहेको छ।

प्रेम सम्बन्धका लागि यो वर्ष त्यति अनुकूल नरहला। प्रेम सम्बन्धमा उल्झन आउन सक्छ। लाभ पार्टनरसँग कुनै कारणले मदभेद उत्पन्न हुनसक्छ। वर्षभर सम्बन्धमा खटपट आउन सक्ने हुँदा निकै सावधानीका साथ सम्बन्धलाई अगाडी बढाउनु पर्नेछ। आफन्त, दाजुभाई तथा घर-परिवार सँगको विवाद भने समाप्त हुनेछ ।

रोजगार क्षेत्रको कुरा गर्नु पर्दा यो वर्ष त्यति खास नरहला। कुनै पनि कार्य सुरु गर्नु अघि निकै सोच विचार गरेर मात्र अगाडी बढ्नुहोस्। कार्यक्षेत्रमा तपाईंको पदोन्नतीको योग रहेको भए पनि निकै ध्यानपूर्वक आफ्नो चाल चाल्नुहोला। वैदेशिक रोजगारको योजना बनाइरहनु भएको छ भने त्यो सफल नहुन पनि सक्छ।

स्वास्थ्यको दृष्टिकोणबाट यो वर्ष तपाईंको लागि शुभ नरहला। सवारीसाधन निकै ध्यानका साथ चलाउनु होला, अन्यथा चोटपटक लाग्ने खतरा छ। खानपिनमा पनि विशेष ध्यान दिन आवश्यक छ। परिवारका सदस्यको पनि स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। शिक्षा क्षेत्रमा तपाईंको लागि यो वर्ष मिश्रित रहनेछ। विद्यार्थी वर्गले वर्षको दोस्रो भागमा उत्कृष्ट नजिता प्राप्त गर्नेछन्।

प्रकाशित : सोमबार, चैत ३०, २०७७१३:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राशिचक्रका प्रथम ६ राशिलाई २०७८ साल शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् वार्षिक राशिफल !