सुपरस्टार्स रजनीकान्तको लागि यस अभिनेत्रीले किन राखिन् उपवास ?

एजेन्सी : रजनीकान्त ठुलो स्टार हुन् र दक्षिण भारतमा उनको नामको डंका बज्छ। उनी फिल्मको मात्र सुपरस्टार हैनन्, रियल लाइफको पनि सुपरस्टार हुन्। उनको स्टाइल, व्यवहार, गरिबलाई मद्दत गर्ने बानीले मानिसहरुलाई उनीतर्फ आकर्षित गर्छ। यहीँ कारण सामान्य मानिसहरु मात्र हैन, उनीसँग काम गर्ने कलाकारहरुले पनि उनलाई असाध्यै मन पराउँछन्।

रजनीकान्त र दिवंगत अभिनेत्री श्रीदेवीको जोडी कुनै समयको निकै लोकप्रिय जोडी हो। दुवैले करिब २० फिल्ममा एक साथ काम गरेका थिए। दुवैबीच राम्रो बन्डिङ थियो। शूटिङको बेला रजनीकान्त र श्रीदेवी एक-अर्काको पूरा ख्याल गर्थे।

यहाँ जुन किस्सा बताउन गईरहेका छौँ त्यो फिल्म ‘राणा’ को शूटिङको बेलाको हो। यस फिल्म शूटिङको क्रममा रजनीकान्त बिरामी भएका थिए।  उनको स्थिति एकदम गम्भीर हुँदै गईरहेको थियो। यस कुराले श्रीदेवीलाई अत्यन्तै चिन्तित बनाएको थियो। श्रीदेवीले शिरडीको साईबाबा मन्दिरमा गएर प्रार्थना गरिन् र एक हप्ताको उपवास राखिन्। ताकि भगवान छिट्टै खुशी होऊन् र रजनीकान्तलाई निको बनाऊन्। उनले साईबाबा मन्दिरमा दर्शन गरी प्रार्थना गरिन्।

श्रीदेवीको प्रार्थना भगवानले सुने। रजनीकान्त तन्दुरुस्त भए। श्रीदेवीले जब यो कुरा रजनीकान्तलाई सुनाइन् तब उनी दङ्ग परे। उनको आँखामा आँसु आएको थियो र उनले श्रीदेवीलाई कृतज्ञता व्यक्त गरे। खासमा यस्तो हुन्छ सुपरस्टार्सको दोस्ती। आजकल जहाँ एक स्टार अर्को स्टारसँग काम गर्न पराउँदैनन्, फिल्म खोस्ने प्रवृति हुन्छ। यस्तोमा रजनीकान्त र श्रीदेवीको यो किस्साले छुट्टै सुकून् दिन्छ।

प्रकाशित : आइतबार, चैत २९, २०७७१९:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिजुलीको बिल देखेर तापसीलाई लाग्यो जोडदार झट्का, तर्सिएर गरिन् यस्तो ट्वीट