एजेन्सी : बलिउड सेलेब्स तिनको शाही जिन्दगीको लागि चिनिन्छन्। फ्यान्स पनि तिनको लाइफस्टाइल देखेर इम्प्रेस हुन्छन्। तर यदि कहिल्यै यी सेलेब्सले नै धेरै बिल उठेको गुनासो गर्न लागे, कुनै बिल देखेर जोडदार झट्का लागे, यस्तो कमै देख्न पाइन्छ। अब जुन कम हुन्छ, त्यो अभिनेत्री तापसी पन्नूको साथमा भएको छ।
तापसी पन्नूको बिजुलीको बिल यति धेरै आएको छ कि उनी आफैँ तीन छक्क परेकी छिन्। तापसीलाई यति जोडदार झट्का लग्यो कि उनले कैयन् ट्वीट गरी सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी छिन्। तापसीले ट्वीट गरी भनेकी छिन् – ‘३ महिना लकडाउन भयो र म यो सोच्दै छु कि मैले त्यस्तो के उपकरण प्रयोग गरे या खरिद गरे जसले गर्दा यत्रो बिजुलीको बिल आयो। अडानी एलेक्ट्रिसिटी, तपाई के को यत्रो बिल बनाउँदै हुनुहुन्छ ?’
तापसीले आफ्नो ट्वीटमा अडानी एलेक्ट्रिसिटीलाई ट्याग गरेकी छिन्। खासमा उनको घरको बिल यहीँबाट आउँछ। उनले अडानी एलेक्ट्रिसिटीलाई नै असन्तुष्टि पोखेकी हुन्। तापसीले अर्को ट्वीट गरी अचम्म लाग्ने कुरा खोलेकी छिन्। तापसीका अनुसार उनको एक अपार्टमेन्ट यस्तो छ जहाँ कोहीँ पनि बस्दैनन् तर त्यहाँ बिजुलीको बिल धेरै आएको छ। तापसी लेख्छिन् – ‘अब यो त्यो अपार्टमेन्टको बिल जहाँ कोहीँ पनि बस्दैनन्। हप्तामा एक पटक मात्र सरसफाईको लागि त्यहाँ जाने गरिन्छ। अहिले मलाई चिन्ता लागिरहेको छ, हाम्रो जानकारी बिना कसैले अपार्टमेन्ट प्रयोग गरिरहेको छ। अडानी एलेक्ट्रिसिटीले वास्तविकता थाहा पाउन सहयोग गरेको छ।’
तापसी पन्नूको यो ट्वीट अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। मानिसहरुले अलग-अलग प्रतिक्रिया दिएका छन्। अधिकांसले तापसीलाई खुचिङ भनिरहेका छन् र भने केहीले बिजुलीको कम्पनीप्रति आक्रोसित बनेका छन्।