३५ वर्षीय जेनिफरको रहरलाग्दो सुन्दरता, फोटो हालेर बढाइन् इन्टरनेटको तापमान

एजेन्सी : हालै जेनिफर विङ्गेटले सबैलाई भुतुक्कै बनाउने तस्बिरहरु शेयर गरेकी छिन्, जुन इन्टरनेटमा भाईरल भईरहेका छन्। ती तस्बिरहरुमा जेनिफर मल्टिकलर स्विमसुटमा लोभलाग्दो अन्दाजमा देखिएकी छिन् ।

जेनिफरले अफ व्हाइट कलरको स्विमसुट लगाएकी छिन्। मल्टिकलर श्रगले उनले झन् अलग नै लुक दिएकी छिन्। उनले यस ड्रेससँग ठुल्ठुला इयररिङ्गस लगाएकी छिन् र कपाललाई पोनीटेल बनाएकी छिन्।

एक अर्को तस्बिरमा जेनिफरले क्लोजअप शटको फोटो शेयर गरेकी छिन्। यसमा उनले पिठ्युमा ‘हकुना मटाटा’ लेखिएको ट्याटु देखाएकी छिन्। जसको अर्थ हुन्छ ‘NO Worries’ अर्थात यहाँ कुनै चिन्ता छैन, निश्चिन्त । तस्बिरसँगै उनले क्याप्सन दिएकी छिन् – ‘किनकी हामी सूर्य, आकाश र समुन्द्रबाट उधारो लिएको रङ्गमा सपना बुन्छौँ ।’

जेनिफर विङ्गेटका ग्लामरस तस्बिरहरु भाइरल भएका यो पहिलो पटक भने हैन। यो भन्दा पहिले पनि उनले आफ्नो रहरलाग्दो सुन्दरताले फ्यान्सलाई दीवाना बनाईसकेकी छिन्।

जेनिफरले आफ्नो करियरको सुरुवात फिल्ममा एक बालकलाकारको रुपमा गरेकी थिईन्। उनले हिट सिरियल दिल मिल गए, कसौटी जिन्दगी की सहित अन्य थुप्रै सिरियलहरुमा काम गरिसकेकी छिन् । जेनिफरले पछिल्लो पटक सिरियल्स ‘बेहद’ र ‘बेपनाह’ मा शानदार भूमिका निभाएकी थिईन्। उमेरले ३५ वर्षकी भईसकेकी छिन् ।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१६:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विश्वकै कान्छी अर्बपति काइलीको लोभलाग्दो जवानी यी तस्बिरमा हेर्नुहोस्