आधा रातमा मौनी र म्यानेजर सुतेको कोठामा मान्छे छिर्ने कोसिस गरेपछि…अत्तालिएर गरिन् यस्तो

एजेन्सी : अधिकांस मानिस लोकप्रिय र चर्चित हुन् चाहन्छन्। तर सेलिब्रेटिजका लागि यहीँ लोकप्रियता नै टाउको दुखाईको विषय बन्छ। केही फ्यान्स हद पार गर्छन् र खासमा तिनीहरुलाई फ्यान्स भन्नु ठिक हुँदैन किनकी फ्यान्सले कहिल्यै पनि आफ्नो प्रिय कलाकारको अहित सोच्दैन।

मौनी रोयको लोकप्रियताको बारेमा केही भनिराख्न पर्दैन। ‘नागिन’ नामक चर्चित टेलिभिजन सिरियलमा शिवन्या र शिवांगीको भूमिका निर्वाह गरेपछि मौनी हरेक घर-घरमा लोकप्रिय भएकी हुन्। र अहिले उनी फिल्ममा पनि काम गर्दै छिन्।

हालै एक अन्तर्वार्तामा मौनीले एक यस्तो घटनाको स्मरण गरेकी छिन् जुन उनको नजरमा एकदमै भयावह थियो। जुन घटनापछि उनी साना शहरहरुमा जानै छाडिन्।

यो कुरा त्यतिबेलाको हो जतिबेला नागिनको सिजन २ चलिरहेको थियो। एक कार्यक्रमको सिलसिलामा उनी एक सानो शहरमा जानुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भयो।

होटेल देखि अडिटोरियमसम्मको बाटो एकदम भीडभाड थियो र त्यो भीड नियन्त्रण गर्न पनि कठिन थियो। सबैजना मौनीलाई हेर्न आतुर थिए।

होटेलमा फर्किने बेला पनि अवस्था पहिलेको जस्तै थियो। मौनीको कार सानो गल्लीबाट गईरहेको थियो र मानिसहरु उनलाई हेर्नकै लागि बेकाबू भईरहेका थिए। यो देखेर मौनी धेरै डराएकी थिईन्।

होटेल पुगेर पनि उनले राहतको सास फेर्न सकिनन्। डरले उनले आफ्नो म्यानेजरलाई पनि एउटै कोठामा सुत्न भनिन्। आधा रातमा मौनी एकदमै आत्तिएर ब्युझिन् किनकी कसैले बाहिरबाट ढोका खोल्ने प्रयास गरिरहेका थिए।

मौनी र उनका म्यानेजर दुवै ठुलो स्वरले चिच्याए। तत्कालै होटेलका स्टाफलाई बोलाए। यो घटनाले उनलाई मानसिक रुपमा धेरै विचलित बनाएको थियो। यो घटनापछि उनले कहिल्यै पनि साना शहरहरुमा जान नहुने पाठ सिकिन्।

प्रकाशित : सोमबार, चैत २३, २०७७२०:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४१ हजारको मास्क लगाई करीनाले भनिन् – ‘यो कुनै प्रोपोगान्डा हैन, आफ्नो मास्क लगाउनुहोला’