४१ हजारको मास्क लगाई करीनाले भनिन् – ‘यो कुनै प्रोपोगान्डा हैन, आफ्नो मास्क लगाउनुहोला’

एजेन्सी : मुम्बईमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ। पछिल्लो केही समयमै रणबीर कपूर, आलिया भट्ट, परेश रावल, विक्की कौशल, गोविन्दा, भूमि पेडनेकर र अक्षय कुमार लगायत थुप्रै बलिउड कलाकारहरुमा कोरोना देखिएको छ। बलिउड फिल्म इन्डस्ट्रीलाई कोरोनाले थिलथिलो बनाएको छ।

बलिउड स्टार्सले फ्यान्सलाई कोभिडबाट बच्न सुरक्षित उपाय अपनाउन बिन्ती गरिरहेका छन्। हालै अभिनेत्री करीना कपूर खानले पनि फ्यान्सलाई यस्तै अपिल गरेकी छिन्। उनले फ्यान्सलाई मास्क लगाउन आग्रह गर्दा उनले लगाएको मास्क नै चर्चाको विषय बनेको छ। करीनाले लगाएको मास्कको मूल्य सुन्नुभएमा तपाई पनि तीन छक्क पर्नुहुनेछ।

पछिल्लो समय करीना कपूर खान सामाजिक सञ्जालमा निकै सक्रिय हुन् थालेकी छिन्। आफ्नो पर्सनल र प्रोफेसनल लाइफबारे उनी आफ्ना फ्यान्सलाई अपडेट गराईरहन्छिन्। करीनाले सोमबार मास्क लगाएको एक फोटो शेयर गरेकी थिईन्। तस्बिरमा करीनाले कालो रङ्गको मास्क लगाएको देख्न सकिन्छ। र उनले फ्यान्सलाई पनि मास्क लगाउन आग्रह गरेकी छिन्।

यो फोटो शेयर गर्दै क्याप्सनमा उनले लेखेकी छिन् – ‘यो कुनै प्रोपोगान्डा हैन। कृपया आफ्नो मास्क लगाउनुहोला।’ करीना कपूरले जुन ब्ल्याक कलरको मास्क लगाएकी छिन्, त्यो खासमा त्यति सस्तो पनि छैन।

मास्कमा सेतो रङ्गको LV सिम्बोल पनि छ। यो मास्क एक सिल्क पाउचसँग पाइन्छ। यस ब्राण्डको वेबसाइटमा गएर हेर्दा थाहा हुन्छ कि यो मास्कलाई ३५५ युएस डलर पर्छ। नेपाली करेन्सीमा यो मास्कको मूल्य ४१ हजार ४५५ पर्छ।

सन् २०२१ करीना कपूरको लागि अत्यन्तै खास रह्यो। उनले गत २१ फेब्रुअरीमा दोस्रो पुत्रलाई जन्म दिईन्। करीना अहिले आफ्नो घरमा छोराको ख्याल गरिरहेकी छिन्। वर्कफ्रन्टको कुरा गर्ने हो भने यो वर्ष उनी आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिनेछिन्। यो फिल्म यहीँ वर्षको २५ डिसेम्बरमा रिलिज हुनेछ।

प्रकाशित : मङ्गलबार, चैत २४, २०७७१६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमान खानलाई डेट चाहन्छन् यो ‘खान’