दिशाले सबैलाई भुतुक्कै बनाउने हट फोटो शेयर गरेपछि टाइगरले गरे यस्तो कमेन्ट(तस्बिरहरु)

एजेन्सी : बलिउड एक्ट्रेस दिशा पाटनी आफ्नो बोल्डनेस र फिटनेसको कारण सधैँ चर्चामा आइरहन्छिन्। दिशा एक यस्ती अभिनेत्री हुन्, जो कम समयमै बलिउडमा स्थापित हुन् सफल भईन्।

दिशा जति फिल्म इन्डस्ट्रीमा सक्रिय छिन्, त्यो भन्दा बढी उनी सामाजिक सञ्जालमा सक्रिय देखिन्छिन्। उनी सामाजिक सञ्जालमा आफ्नो ग्लामरस तस्बिर र भिडियोज पोस्ट गरिरहन्छिन्।

हालै दिशाले आफ्ना केही लेटेस्ट फोटो पोस्ट गरेकी छिन्। जसले सामाजिक सञ्जालमा राम्रो चर्चा पाईरहेको छ।

आइतबार दिशा पटानीले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा केही तस्बिर पोस्ट गरिन्। यी तस्बिरहरुमा दिशा एक नयाँ अन्दाजमा देखिएकी छिन्। फोटोमा दिशाले डेनिम स्कर्ट र ब्लु मेटालिक केमिसोल टप लगाएकी छिन्।

साथै लुकलाई पूरा गर्न दिशाले सिल्भर नेकलेस, सिल्भर हुप इयररिङ्ग्स र ब्रासलेट लगाएकी छिन्। साथै निकै सुन्दर र आकर्षक तरिकाले पोज दिएकी छिन्।

तस्बिर पोस्ट गर्दै अभिनेत्री दिशा पटानीले क्याप्सनमा लेखेकी छिन् – ‘मूड’ । यी तस्बिरहरु हेरेर उनका फ्यान्स उनको तारिफ गरेर थाकिरहेका छैनन्।

साथै दिशाको कथित ब्वायफ्रेन्ड टाइगर श्रफले दिशाको तस्बिरमा कमेन्ट गर्दै इमोटिकन बनाएका छन्। दिशाको यस फोटोमा कमेन्टको वर्षात् भएको छ।

अभिनेत्री दिशाको वर्कफ्रन्टको कुरा गर्ने हो भने दिशा पटानीको हातमा यतिबेला ठुल्ठुला प्रोजेक्ट्स छन्। जसमध्ये एक अभिनेता सलमान खानको फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ हो।

यो फिल्ममा दिशा सलमानसँग मुख्य भूमिकामा देखिनेछन्। यसको साथै दिशा ‘एक भिलेन रिटर्न्स’ मा पनि देखिनेछिन्। यो फिल्ममा दिशासँग जोन अब्राहम, तारा सुतरिया र अर्जुन कपूर पनि प्रमुख भूमिकामा हुनेछन्।

प्रकाशित : सोमबार, चैत २३, २०७७१७:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४३ वर्षीय विद्याको २० वर्षीय लक्का जवानलाई लट्ठ बनाउने तस्बिर हेर्नुहोस्