एजेन्सी : हिन्दी सिनेमा जगतकी बहुप्रसिद्ध अभिनेत्री विद्या बालनले आफ्नो सशक्त अभिनय कौशलताले सबैको दिलमा राज गरेकी छिन्। विद्याले थुप्रै फिल्महरुमा अलग र अनौठो भूमिका निभाएकी छिन्।

विद्याले आफ्नो कुनै पनि फिल्मको लागि कहिल्यै तौल घटबढ गरिनन्। सुरुवातदेखि नै विद्याको वजन बढी थियो। ऐनामा आफूलाई नियालेर हेर्दा आफू जे छु ठिक छु जस्तो लाग्ने विद्या बताउँछिन्। विद्याले सुन्दरता र लोभलाग्दो अदाले राम्रा-राम्रा नाम कहलेका अभिनेत्रीलाई पनि मात दिन सक्छिन्।

सारी होस् या कुनै पश्चिमेली ड्रेस, विद्या हरेक आउटफिटमा जबरदस्त देखिन्छिन्। यति मात्र हैन विद्याको फेश एक्स्प्रेशन देखेर मानिसहरु मोहित हुन्छन्। विद्याको बोल्ड अवतार तपाई-हामीले फिल्ममा पनि देखेका छौँ।

विद्याको गज्जबको अन्दाजले उनलाई अरु अभिनेत्रीहरु भन्दा अलग बनाउँछ। आज हामी तपाईलाई ४३ वर्षीय विद्या बालनको केही यस्ता तस्बिरहरु देखाउँछौँ, जसले २० वर्षका लक्का जवानलाई मोहित पार्छ।


