भाग्यमानीको भूतै कमारो : फिल्ममा फ्लप भएका यी बलिउड नायकले पाए विश्वसुन्दरी श्रीमती

एजेन्सी : भाग्यले कसलाई कहाँ पुर्याउँछ ठेगान नै हुँदैन। थोरै दुख र मिहिनेतबाट पनि केहीले राम्रै सफलता हँसिल गर्छन् भने केहीले मिहिनेत अनुसारको सफलता पाउन सक्दैनन्।

यो तितो यतार्थ कलाकारिता क्षेत्रमा लागेका व्यक्तिहरुमा पनि लागू हुन्छ। केही कलाकार थोरै मिहिनेतले पनि सफल भएको देख्न पाइन्छ भने केही कलाकार अत्याधिक मिहिनेत गर्दा पनि सफल हुन सक्दैनन्।

बलिउडमा पनि यस्तै केही कलाकार छन्, जो मिहिनेतका वावजुत पनि फ्लप छन्। आज हामी यस लेखमा यस्तै केही फ्लप अभिनेताहरुबारे चर्चा गर्नेछौँ ।

तर चर्चा भने फरक ढंगबाट हुनेछ। हिट हुने मामलामा भाग्यले ठगेपनि सुन्दरता र गुणले भरिपूर्ण जीवन साथी पाएका फ्लप अभिनेता बारे यस लेखमा चर्चा हुनेछ। हिट हुने मामलामा भाग्यले ठगेपनि सुन्दरता र गुणले भरिपूर्ण जीवन साथी पाएका फ्लप अभिनेताहरु निम्न छन्।

वत्सल सेठ

‘टार्जन द वन्डर कार’ बाट बलिउड यात्रा शुरु गरेका वत्सलले बलिउडमा खासै राम्रो प्रभाव पार्न सकेनन्। तर टेलिभिजनमा भने उनी जमे। बलिउडमा उनलाई एक फ्लप नायकको रुपमा चिनिन्छ।

उनको विवाह इशिता दत्तासँग भएको थियो। तनुश्री दत्ताकी बहिनी रहेकी इशिता ज्यादै सुन्दर छिन्। उनी कुनै एक नायिका भन्दा कम छैनन्।

अफताब शिवदासानी

बालकलाकारको रुपमा ‘मिस्टर इन्डिया’, ‘चालबाज’, ‘शहनशाह’ जस्ता चलचित्रमा काम गरिसकेका अफताब नायकको रुपमा भने खासै चल्न सकेनन्।

अफताबले सन् २०१४ मा निन दुसन्जसँग विवाह गरेका थिए। सुन्दरताको मामलामा निन दुसन्ज कुनै नायिका भन्दा कम छैनन्।

अभिषेक बच्चन

पिता अमिताभ बच्चन जस्तो अभिषेकले बलिउडमा खासै जादू चलाउन सकेनन। हिट भन्दा धेरै फ्लप चलचित्र दिएका अभिषेकले जीवनसाथीको रुपमा ऐश्वर्या राय पाएका छन्।

मिस वर्ल्ड समेत भैसकेकी ऐश्वर्या बलिउडकै सबैभन्दा सुन्दर नायिकाको रुपमा परिचित छिन्।

प्रकाशित : आइतबार, चैत २२, २०७७१८:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अङ्ग प्रदर्शन गरेर सोनमले शेयर गरिन् सबैको होसहवास उडाउने खाले तस्बिर (हेर्नुस् तस्बिर)