अङ्ग प्रदर्शन गरेर सोनमले शेयर गरिन् सबैको होसहवास उडाउने खाले तस्बिर (हेर्नुस् तस्बिर)

एजेन्सी : हिन्दी सिनेमा जगतको चर्चित अभिनेत्री सोनम कपूर फिल्महरुका कारणले भन्दा बढी आफ्नो फेशन स्टाइलको कारण चर्चामा हुन्छिन्।

बलिउडमा उनको फेशन निकै चर्चामा रहन्छ र उनलाई फिल्म इन्डस्ट्रीको फेशनिस्टा पनि भनिन्छ। प्राय: सामाजिक सञ्जालमा उनको तस्बिर भाइरल हुन्छन्, जसमा उनको लोभलाग्दो सुन्दरता देख्न सकिन्छ।

सामाजिक सञ्जालमा सोनम कपूरका तस्बिरहरुलाई अत्यधिक मन पराउने गरिन्छ तर कहिलेकाहीँ उनी आफ्ना तस्बिरहरुका कारण ट्रोलको शिकार पनि हुन्छिन्।

फेरि पनि सोनम कपूर ट्रोलर्सको निशानामा परेकी छिन्। उनले हालै सार्वजनिक गरेका तस्बिरहरु मानिसहरुलाई बिल्कुलै मन परेको छैन।

सामाजिक सञ्जालमा सोनम कपूरको फोटोशूटले राम्रो-नराम्रो मिश्रित प्रतिक्रिया पाएको छ। यस फोटोशूटमा उनको फरक अन्दाजले फ्यान्सलाई चकित पारेको छ।

उनका फ्यान्सले अनेक प्रतिक्रिया दिएका छन्। कसैले उनको खुलेर तारिफ गरेका छन् भने कसैले नराम्ररी ट्रोल पनि गरेका छन्।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने सोनम कपूरले हालै नयाँ फोटोशूटको तस्बिर सामाजिक सञ्जालको अकाउन्टमा शेयर गरेकी छिन्। सोनमले ‘हार्पर्स बजार इन्डिया(Harper’s Bazaar India)’ म्यागजिनको लागि फोटोशूट गरेकी हुन्।

उनले यी तस्बिरहरु आफ्नो अधिकारिक इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी छिन्। उनले यस म्यागजिनको ९ फोटोशूट पोस्ट गरेकी छिन्।

तस्बिरमा सोनम कपूरको बेग्लै अवतार देख्न सकिन्छ। उनले हरेक फोटोशूटमा फरक-फरक ड्रेस लगाएकी छिन्। उनले अलग-अलग फोटोशूटमा अलग-अलग पोज दिएकी छिन्। यी मध्ये केही फोटोशूटमा उनी विचित्र देखिएकी छिन्। जसले गर्दा ट्रोलर्सले उनलाई निशानामा पारेका हुन्।

‘हार्पर्स बजार इन्डिया म्यागजिन(Harper’s Bazaar India Magazine)’ को १२ औँ वार्षिकोत्सवको खास अवसरमा यो फोटोशूट गराएकी हुन्। सोनमका यस फोटोशूट्समा सकारात्मक भन्दा बढी नकारात्मक प्रतिक्रियाहरु बढी आएका छन्। एक प्रयोगकर्ताले सोनमको ड्रेसमा ‘यो कस्तो डिजाइन हो आन्टी।’ भन्दै उनको धज्जी उडाएका छन्।

सोनमको फोटो एक अर्का युजरले ठ्याक्कै चिल जस्तै देखिएको भन्दै उनको मजाक उडाएका छन्। यसका साथै अन्य सोशल मिडिया युजर्सले सोनम कपूरलाई ट्रोल गर्दै यस्तै खाले धेरै नकारात्मक प्रतिक्रियाहरु दिएका छन्। यद्यपि दोस्रो तर्फ शिवांगी दान्डेकर र सोनम कपूरकी आन्टी महीप कपूरले यी तस्बिरहरुलाई असाध्यै मन पराएका छन्।

सोनम कपूरले आफ्नो फिल्मी करियरको सुरुवात सन् २००७ मा गरेकी थिईन्। उनले फिल्म ‘सावरिया’ बाट बलिउडमा प्रवेश गरेकी हुन्। यहीँ फिल्मबाट अभिनेता रणवीर कपूरले पनि बलिउडमा कदम राखेका हुन्।

सोनमले हालसम्म खूबसूरत, प्रेम रतन धन पायो, नीरजा, वीरे दी वेडिङ, रांझणा र प्याडम्यान लगायतका फिल्महरुमा काम गरिसकेकी छिन्।

सोनम सन् २०१८ मा बिजनेसम्यान आनन्द आहूजासँग विवाह बन्धनमा बाँधिएकी हुन्। उनको विवाह समारोहमा बलिउडका चर्चित हस्तीहरु उपस्थित थिए।

प्रकाशित : सोमबार, चैत २३, २०७७१३:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिशाले सबैलाई भुतुक्कै बनाउने हट फोटो शेयर गरेपछि टाइगरले गरे यस्तो कमेन्ट(तस्बिरहरु)