एजेन्सी : भारत सरकारले सुपरस्टार रजनीकान्तलाई सिनेमा जगतको सबैभन्दा प्रतिष्ठित अवार्ड ‘दादासाहेब फाल्के पुरस्कार’ बाट सम्मान घोषणा गरेको छ। यो खबर सार्वजनिक भएसँगै दक्षिण भारतीय चलचित्र क्षेत्रका तमाम सेलिब्रेटीहरुको बधाईको ओइरो लागेको छ। उनका फ्यान्सले पनि खुशीयाली मनाएका छन्। सामाजिक सञ्जालमा भारतीय सिनेमामा उनको योगदानको व्यापक चर्चा भईरहेको छ।
रजनीकान्तले एक बस ड्राईभरलाई भने धन्यवाद
रजनीकान्तले एक स्पेशल चिट्ठीको माध्यमबाट भारतको प्रधानमन्त्री नरेन्द्र मोदी, तमिलनाडु सरकार र फिल्मी दुनियाँका दिग्गज कलाकारहरुलाई धन्यवाद व्यक्त गरेका छन्। अभिनेता रजनीकान्तले एक बस ड्राइभरलाई पनि याद गरेका छन् र आफ्नो सफलताको श्रेय उनलाई दिएका छन्।
सामाजिक सञ्जालमा भाइरल भईरहेको चिट्ठीमा रजनीकान्तले लेखेका छन् – ‘म यो अवार्ड आफ्नो साथी राज बहादुरलाई समर्पित गर्न चाहन्छु। उनले नै मेरो प्रतिभालाई चिने र मलाई धेरै मौका दिए। म आफ्नो दाई सत्यनारायण रावप्रति पनि एकदमै आभारी छु, जसले धेरै बलिदान गरेका छन् ताकि म एक अभिनेता बन्न सकूँ। मेरा गुरु बालाचन्दरप्रति पनि कृतज्ञता व्यक्त गर्न चाहन्छु, जसले मलाई ठुलो पर्दामा प्रवेश गराए र वास्तवमै रजनीकान्त बन्न पाए।’
रजनीकान्तले राज बहादुरलाई धन्यवाद भन्दा सबैजना अचम्मित भएका छन्। खासमा राजबहादुर कुनै ठुलो सेलिब्रेटी हैन, उनी एक बस ड्राइभर हुन्। जसले रजनीकान्तलाई उनको सुरुवाती करियरमा निकै मद्दत गरेका थिए।
भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड पाउँदा रजनीकान्तले बस ड्राइभरलाई किन भने धन्यवाद ?

प्रकाशित : शनिबार, चैत २१, २०७७१५:०१