एजेन्सी : अक्षय कुमार र नुसरत भरुचा अहिले आफ्नो आउँदो फिल्म ‘राम सेतु’ को शूटिङमा व्यस्त छन्। यो कुरा सबैलाई थाहै होला कि अक्षय कुमार आफ्नो काम समयमै सिध्याउन मन पराउँछन् र उनी ‘मि टाइम’ एन्जोय गर्छन्।
अक्षय कुमार मजाक गर्न धेरै रुचाउँछन्। उनी आफ्ना को-स्टारको मजाक उडाउन कुनै कसर बाँकी राख्दैनन्। हालै उनले नुसरतको एक तस्बिर शेयर गरी उनको मजाक उडाए र त्यसपछि माफी मागे। यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।
अक्षयले शेयर गरेको तस्बिरमा नुसरत दुई ठुला टिफिन बक्सको बिचमा उभिएर मुस्कान दिईरहेकी छिन्। अक्षय कुमारले यो तस्बिर आफ्नो इन्स्टाग्राम र ट्वीटरमा शेयर गरेका छन्। फोटो क्याप्सनमा अक्षयले लेखेका छन् – ‘यसरी नुसरत भरुचा लन्च बक्सको सेटमा आउँछिन्, सरी मेरो मतलब रामसेतुको सेटमा।’
यो पोस्टमा अक्षय कुमारले नुसरत भरुचाको साथै ज्याकलिन फर्नान्डिजलाई पनि ट्याग गरेका छन्। मानिसहरुले यो तस्बिरलाई असाध्यै मन पराएका छन्। यस तस्बिरमा मानिसहरुले खुब कमेन्टस गर्नुका साथै लाइक्स पनि गरेका छन्।
केही दिन अघि अक्षय, ज्याक्लिन र नुसरत फिल्म शूटिङको लागि अयोध्य पुगेका छन्। मुम्बई एयरपोर्टमा नुसरत र ज्याक्लिन ट्रेडिशनल लुकमा देखिएका थिए। त्यस्तै अक्षयको लुक पनि निकै कूल थियो।
अक्षयको वर्कफ्रन्टको कुरा गर्ने हो भने ‘राम सेतु’ बाहेक उनी रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ र ‘अतरंगी रे’ मा अहम् भूमिकामा देखिनेछन्। सूर्यवंशी यहीँ महिना ३० अप्रिलमा रिलिज हुँदै छ।
अक्षय कुमारले उडाए नुसरत भरुचाको मजाक-पछि भने फेरी सरी, भयो भाइरल

प्रकाशित : शनिबार, चैत २१, २०७७१७:२३