काठमाडौँ : हरेक मानिसका दुई व्यक्तित्व हुन्छ। एक जुन सबैको अगाडी देखाउँछन् र अर्को सबैबाट लुकाउँछन्। तपाईले जुन व्यक्तिको बारेमा सबै थाहा भएको दाबी गर्नुहुन्छ नि त्यो वास्तवमा सत्य हुँदैन। किनकी हरेक व्यक्तिको एक नकारात्मक पक्ष पनि हुन्छ, जसबारे तपाई अनभिज्ञ हुनुहुन्छ। आज हामी तपाईलाई राशिका आधारमा व्यक्तिको डार्क साइडको बारेमा बताउँछौँ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
यस राशिका मानिस वास्तवमै राम्रा हुन्छन्। तर खासगरी यिनीहरु अरुले गरेको अत्याचार एकछिन पनि सहन सक्दैनन्। विरोधमा उत्रिहाल्छन्। यिनीहरु भित्र अहंकार धेरै हुन्छ। जब कुनै व्यक्ति यिनीहरु भन्दा राम्रो साबित हुन्छन् तब मेष राशिका जातक आफूलाई तिनीहरुभन्दा राम्रो साबित गर्न जे पनि गर्न तयार हुन्छन्।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
यस राशिका मानिस अरुका दिल जित्नमा माहिर हुन्छन्। यिनीहरुले आफ्नो कुराले अरुलाई सजिलै म्यानिपुलेट गर्न सक्छन्। यस राशिका मानिसलाई मूर्ख बनाउन सकिन्न। बिना मूड कुनै पनि काम गर्न यिनीहरु रुचाउँदैनन्।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
मिथुन राशिका मानिस चञ्चल स्वभावका हुन्छन्। यिनीहरुको मन स्थिर हुँदैन। यस राशिका मानिसको छिट्टै रिसाउने बाणी हुन्छ। जसकारण यिनीहरु सानो-सानो कुरामा नै रिस पोखेर मानिसहरुबाट टाढा हुन्छन्। यिनीहरु बिना सोच-विचार जे काम पनि गर्छन्।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
यस राशिका जातक अत्यन्तै भावुक हुन्छन्। यी मानिसहरुका मन भित्र जलनको भावना हुन्छ। तैपनि बाहिरी रुपमा सबै ठिक भएको देखावटी गर्छन्। यदि कसैले ईर्ष्या देखाएमा तिनीहरु विरुद्द जान पनि चुक्दैनन्।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
रिस उठेपछि यिनीहरुले कसैलाई पनि छाड्दैनन्। यिनीहरु आफूमा सन्तुष्ट नभएपछि अरुमाथि रिस पोख्छन्।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
यस राशिका जातक अरुको भावनाको ख्याल नगरी मजाक उडाउँछन्। यिनको कुराले अरुलाई निकै चोट पुगिरहेको हुन्छ तर यिनीहरुलाई महसुस हुँदैन।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
तुला राशिका मानिस आफ्नै भावनाको मात्र कदर गर्छन्। यिनीहरुलाई राम्रोसँग थाहा हुन्छ कि कसरी अरुबाट सहानुभूति प्राप्त गर्न सकिन्छ। यिनीहरु अरुलाई सजिलै म्यानिपुलेट गर्छन्।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
यस राशिका मानिस आफ्नो स्वार्थको लागि अरुसँग दोस्ती गर्छन्। यस चक्करमा अरुको दिल पनि दुखाउँछन्। यिनीहरु धेरै ईर्ष्यालु स्वभावका हुन्छन्।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
पारिवारिक सम्बन्धमा कुनै रुचि हुँदैन। यसकारण जब कुनै व्यक्ति यिनीहरुको नजिक हुन्छन् तब यिनीहरु अनेक उपाय अपनाएर तिनीहरुबाट टाढा हुन्छन्।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
यस राशिका मानिस आफ्नो बारेमा मात्र कुरा गर्न मन पराउँछन्। यिनीहरु आफूले जस्तो अरु कसैले पनि दुख या अन्याय महसुस नगरेको जस्तो कुरा गर्छन्।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
यस राशिका मानिस कहिले पनि कसैसँग पनि मिलेर बस्न सक्दैनन्। यस राशिका मानिस एकदमै धेरै जिद्दी हुन्छन्। यिनीहरु एकपटक जे सोच्छन् त्यो जसरी भए पनि पूरा गरेर नै छाड्छन्, चाहे त्यो गलत नै किन नहोस्।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
यस राशिका मानिस लजालु भएको देखावटी गर्छन्, तर वास्तवमा यिनीहरु अभिमानी स्वभावका हुन्छन्। यिनीहरु आफ्नोपनको देखावटी धेरै गर्छन्।