बलिउड भन्दा कम छैनन् साउथका यी एक्ट्रेसेस, कट्रिना-ज्याक्लिनलाई दिन्छन् कडा टक्कर

एजेन्सी : बलिउड अभिनेत्री शानदार अभिनय बाहेक आफ्नो सुन्दरताको लागि चर्चित छन्। बलिउड अभिनेत्रीहरुले आफ्नो अभिनय कौशलताको दमले करौडौंको दिलमा राज गरेका छन्। दक्षिण भारतीय सिनेमाका अभिनेत्री पनि हिन्दी सिनेमाका अभिनेत्रीहरु भन्दा कम छैनन्। उनीहरुका सुन्दरताको चर्चा पनि दुनियाँभरमा हुन्छ।

साउथ एक्ट्रेसेसले आफ्नो अदाले आफ्नो फ्यान्सलाई मदहोश बनाउँछन्। आज हामी तपाईलाई साउथ इन्डस्ट्रीका टप १० एक्ट्रेसेसको बारेमा बताउँछौँ, जसले दुनियाँभरमा ख्यातिप्राप्त गरिसकेका छन्।

सामन्था अक्किनेनी

सामन्था अक्किनेनीको गन्ती साउथ इन्डस्ट्रीको टप एक्ट्रेसेसमा हुन्छ। उनले थुप्रै शानदार फिल्महरुमा काम गरेकी छिन्। उनले आफ्नो उत्कृष्ट अभिनयको दममा दर्शकको दिलमा खास स्थान बनाएकी छिन्।

कीर्ति सुरेश

राष्ट्रिय पुरस्कार जितिसकेकी कीर्ति सुरेशले थुप्रै हिट फिल्महरु दिईसकेकी छिन्। उनको राम्रो फ्यानफलोइङ छ।

प्रिया आनन्द

फिल्म ‘फुकरे’ मा देखिएकी अभिनेत्री प्रिया आनन्द साउथ इन्डियन सिनेमाको चर्चित नाम हो। बलिउड बाहेक उनले तमिल र तेलुगु फिल्महरु पनि काम गरेकी छिन्।

काजल अग्रवाल

काजल अग्रवाल पनि साउथ इन्डियन फिल्म इन्डस्ट्रीको टप एक्ट्रेसेस मध्ये एक हुन्। उनले आफ्नो करियरको सुरुवात हिन्दी फिल्मबाट गरेकी हुन्।

राय लक्ष्मी

राय लक्ष्मीले तमिल र मलयालमको साथै तेलुगु र कन्नड फिल्महरुमा काम गरेकी छिन्। लक्ष्मी पनि साउथको टप एक्ट्रेस हुन्।

रश्मिका मण्डना

रश्मिका पनि साउथको टप एक्ट्रेस हुन्। उनले ४ वर्षको उमेरदेखि अभिनय गर्न थालेकी थिईन्।

तमन्ना भाटिया

तमन्नाले हिन्दी र साउथमा थुप्रै हिट फिल्म दिएकी छिन्। तमन्नाको सुन्दरताको चर्चा दुनियाँभरमा हुन्छ।

सायशा सहगल

सायरा बानोकी नातिनी सायशाले दक्षिण भारतीय फिल्ममा राम्रो नाम कमाएकी छिन्। उनले फिल्म ‘शिवाय’ बाट बलिउडमा कदम राखेकी थिईन्।

ममता मोहनदास

ममता एक अभिनेत्रीको साथै पार्श्च गायिका पनि हुन्। उनले तेलुग, तमिल, कन्नड र मलयालम फिल्महरुमा काम गरेकी छिन्।

मालविका शर्मा

मालविका पनि साउथको टप अभिनेत्रीमा गनिन्छिन्। मोडेल तथा अभिनेत्री मालविकाले मुख्य रुपमा तेलुगु फिल्महरुमा काम गरेकी छिन्।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड तथा हलिउड अभिनेत्रीले शेयर गरिन् आफू १९ वर्ष हुँदाको फोटो, चिन्नै गाह्रो