बलिउड तथा हलिउड अभिनेत्रीले शेयर गरिन् आफू १९ वर्ष हुँदाको फोटो, चिन्नै गाह्रो

एजेन्सी : बलिउड अभिनेत्री पछिल्लो समय चर्चाको केन्द्रबिन्दुमा छिन्। हालै मात्र प्रियंकाले आफ्नो किताब ‘अनफिनिस्ड’ लन्च गरेकी थिईन् जसमा उनले निकै रोचक तथा सनसनीपूर्ण कुराहरु खुलासा गरेकी छिन्। न्युयोर्कमा ‘सोना’ नामको भारतीय रेस्टोरेन्ट खोलेपछि झन प्रियंकाको लोकप्रियता ह्वात्तै चुलियो।

प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। हालै उनले एक थ्रोब्याक तस्बिर शेयर गरेकी छिन्, जसमा उनी व्हाइट बिकिनी र ट्राउजरमा देखिएकी छिन्। यस तस्बिरको खास कुरा यो छ कि उनले निधारमा टिका पनि लगाएकी छिन्, जसले मानिसहरुका ध्यान तानेको छ।

प्रियंकाको यो तस्बिर १९ वर्ष हुँदाखेरीको हो। तस्बिर शेयर गर्दै प्रियंका लेख्छिन् – ‘लाज ? उसको बारेमा कहिल्यै सुनिन्।’

यो तस्बिर झट्ट हेर्दा प्रियंका चोपडा नै हो जस्तो देखिदैन। प्रियंकाको यो अन्दाज फ्यान्सले असाध्यै मन पराएका छन्।

केही दिन अघि प्रियंकाले आफ्नो एक हेयर ब्राण्ड एनोमली लन्च गरेकी थिईन्। प्रियंकाले आफ्नो यस प्रोडक्टको एक तस्बिर शेयर गर्दै बताएकी थिईन् कि उनी पछिल्लो १८ महिनादेखि यसमा काम गरिरहेकी थिईन्। त्यस्तै अमेरिकामा उनले ३१ जनवरीमा यो हेयर प्रोडक्ट लन्च गरेकी थिईन्।

प्रकाशित : शनिबार, चैत १४, २०७७१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडका यी ५ फिल्म, जसको होली सिन्सले फिल्मलाई सुपरहिट बनायो