काठमाडौँ : धेरै वर्ष पहिले एक व्यक्तिसँग स-साना थुप्रै उँट थिए। उनी सोच्थे कि यी उँटहरु ठुला भएपछि यिनले बच्चा पाउनेछन् र अझ धेरै उँटहरु हुनेछ, जसलाई बेचेर धनी हुनेछु। उनले उँटको बच्चाको राम्ररी स्याहारसुसार गर्थे।
उँटको कारणले गाउँका मानिसहरु धेरै डाहा गर्थे। केही समयपछि उनका उँटहरु ठुला भए र तिनले बच्चा जन्माए। यसरी उँटको सङ्ख्या बढ्दै गए। उनले दुई उँट छोडी शेष सबै उँट बेचेर प्राप्त भएको पैसाले व्यापार गर्न लागे।
व्यापारी उँटमाथि सामानहरु राखेर बेच्नको लागि एक गाउँबाट अर्को गाउँमा जान्थे। उनको गाउँको नजिकै जङ्गल थियो। हरेक बिहान दुवै उँट जङ्गलमा चर्न जान्थ्यो। गाउँमा उनको प्रगति देखेर डाहा गर्ने थुप्रै मानिसहरु थिए। एक दिन उनको एक शत्रुले उनलाई आफ्ना उँटहरु जङ्गलमा यत्तिकै नपठाउन भने। उनका शत्रुले उनलाई उँटको घाँटीमा घन्टी राख्न सल्लाह दिए, जसले गर्दा उँट कहाँ गयो भनेर थाहा पाउन सजिलो हुन्छ भन्दै उनलाई मनाए।
व्यापारीलाई त्यस व्यक्तिको सल्लाह सही लाग्यो। अर्को दिन नै उनले उँटको घाँटीमा घन्टी बाँधिदिए। उनले दुवै उँटलाई जङ्गलमा छोडिदिए। जङ्गलमा सिंह पनि थियो। घन्टीको आवाज सुनेर सिंह उँट भएको ठाउँमा पुग्यो र उँट खायो। व्यापारीले आफ्ना उँट सिंहले खाएको कुरा थाहा पाए पछि अब उनीसँग पछुतो मान्नु बाहेक अरु केहि विकल्प रहेन।
पाठ – हामीले कहिले पनि जोसुकैको सल्लाह बिना सोचविचार मान्नुहुँदैन। खासगरी ती मानिसको सल्लाह नमान्नुहोला, जो तपाई तपाईसँग ईर्ष्याको भावना राख्छन्। अन्यथा तपाईकै नोक्सान हुनेछ।