रवीन्द्रनाथ ट्यागोर : मातापिताको वचन पूरा गर्नु सन्तानको कर्तव्य हो

कहानी : रवीन्द्रनाथ ट्यागोरका पिता देवेन्द्रनाथ ट्यागोर दर्शनशास्त्र र धर्मको ठुलो ज्ञाता थिए। उनी निस्वार्थ दान गर्ने कारण पनि निकै प्रसिद्ध थिए। उनको घरको दैलोमा पुगेका जोकोहीँ पनि रित्तो हात फर्किनुपर्दैन थियो। तर उनको जीवनमा एक यस्तो समय पनि आयो, जतिबेला उनी आर्थिक रुपमा अत्यन्तै कमजोर भए।

एक दिन देवेन्द्रनाथ ट्यागोरको घरमा अनाथ आश्रम सञ्चालन गर्ने एक संस्थाका केही पदाधिकारी आए। अधिकारीले भने, ‘तपाईका पिता द्वारकानाथजीले अनाथालयको लागि एक लाख रुपैयाँ दान दिने घोषणा गरेका थिए। उनको निधन यो कुरा अधुरो रह्यो। अहिले हामीलाई पैसाको अत्यन्तै खाँचो छ, यसकारण हामी तपाईको शरणमा आएका हौँ।’

त्यतिबेला देवेन्द्रनाथजीको आर्थिक स्थिति राम्रो हुँदैन। त्यतिबेलाको समयमा एक लाख रुपैयाँ भनेको सानो रकम थिएन। उनीसँग आफ्ना पिताले त्यो संस्थालाई दान दिने घोषणा गरेको केही प्रमाण पनि थिएन। तैपनि देवेन्द्रनाथजीले ती अधिकारीहरुका कुरामा विश्वास गरे र भने, ‘यदि मेरा पिताले वचन दिएका छन् भने त्यो वचन म अवश्य पूरा गर्नेछु।’

देवेन्द्रनाथ ट्यागोरले आफ्नो केही जमिन बेचे र अनाथ आश्रमको लागि एक लाख रुपैयाँको व्यवस्था गरे। त्यसपछि एक दिन उनले आफ्ना छोरा रवीन्द्र ट्यागोरलाई भने, ‘यदि माता-पिताले जनहितमा कुनै काम गर्ने सङ्कल्प लिएका छन्, कुनै वचन दिएका छन् भने तिनका सन्तानले आफ्ना मातापिताको वचन पूरा गर्नपर्छ किनकी तिनको प्रतिष्ठामै घर-परिवारको प्रतिष्ठा हुन्छ।’

रवीन्द्र ट्यागोर भन्ने गर्थे, ‘मेरा पिताको यो कुरा म कहिल्यै पनि भूल्दिन र अरुलाई पनि यो कुरा सधैँ सम्झाईराख्छु।’

पाठ – मातापिता र घरका अन्य ठुलाबडाले जुन काम सुरु गरेका छन् या जुन राम्रो काम अधूरो छोडेका छन् त्यो पूरा गर्ने दायित्व सन्तानको हुन्छ। पितृका राम्रो कामलाई अगाडी बढाउनु पूजा गर्नु भन्दा राम्रो हुन्छ।

प्रकाशित : बुधबार, चैत ११, २०७७१५:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पतिलाई वशमा राख्ने रामवाण तरिका, हरेक पत्नीले अपनाउनुहोस् यस्तो