आज आमलकी एकादशी : बन्नेछन् दुई शुभ संयोग, कसरी गर्ने पूजा

काठमाडौँ : हिन्दू पञ्चाङ्ग अनुसार महिनाको दुई पटक आउने एघारौं तिथिलाई एकादशी भनिन्छ । पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र औंसीपछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन धर्म परम्परामा विशेष महत्त्व छ । फाल्गुण शुक्लपक्षको एकादशी तिथिलाई आमलकी एकादशी भन्दछन्।

यो आमलकी एकादशीलाई अमला एकादशी पनि भनिन्छ। आमलकी एकादशीको दिन भगवान विष्णुको राखे सम्पूर्ण मनोकामना पूरा हुने धार्मिक मान्यता छ। यस व्रतको प्रभावले व्यक्तिको समस्त दुख दूर हुन्छ।

आमलकीको अर्थ आमला हो । जुन प्रकारले अक्षय नवमीको दिन अमलाको रुखको पूजा हुन्छ त्यसै प्रकारले आमलकी एकादशीको दिन अमलाको बोट मुनि भगवान विष्णुको पूजा गर्नाले पुण्य प्राप्त हुने विश्वास रहेको छ ।

शास्त्रमा बताइएको आमलकी एकादशीको मान्यता अनुसार सृष्टिको आरम्भमा अमलाको वृक्षको उत्पति भएको थियो । कथा अनुसार विष्णु जी को नाभिबाट उत्पन्न भएपछि ब्रह्राजीको मनमा आफू कसरी उत्पन्न भए भन्ने प्रश्न उठेको थियो । यस प्रश्नको जवाफमा ब्रह्राजी तपस्या गर्न थाले।

त्यसपछि भगवान विष्णु प्रकट भए र उनलाई अगाडि देखेर ब्रह्राजी रुन थाले । ब्रह्राजीको आशु भगवान विष्णुको खुट्टामा खस्न थाले । ब्रह्राजीको यस्तो भावना देखेर विष्णुजी प्रसन्न भए । तब ब्रह्राजीको आशुबाट आमलकी यानी अमलाको वृक्षको उत्पति भएको थियो । यस प्रकारले आमलकी एकादशीको दिन जो भक्त अमलाको बोटलाई पूजा गर्छ उसको सबै पाप नष्ट हुने विश्वास रहेको छ ।

यस एकादशीको दिन बिहान नुहाएर भगवान विष्णुको पूजा गर्नुपर्दछ । साथै अमलाको फल भगवान विष्णुलाई अर्पित गरेर घिउको दिप  बालेर  ध्यान गर्नुहोस् । शास्त्र अनुसार आमलकी एकादशीको दिन अमला खानु शुभ हुने गर्दछ ।

शुभ योग : –
सुकर्मा -चैत्र ११ गते बिहान ११ बजेर ५५ मिनेट देखि चैत्र १२ गते बिहान १० बजेर १५ मिनेटसम्म।
धृति – चैत्र १२ गते बिहान १० बजेर १५ मिनेटदेखि चैत्र १३ गते बिहान ७ बजेर ५५ मिनेटसम्म।

प्रकाशित : बिहिबार, चैत ०५, २०७७१४:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२०२४ सम्म शनि सर्वाधिक प्रभावशाली रहने, यी राशिका बन्नेछन् सम्पूर्ण काम