काठमाडौँ : शनिदेवलाई कर्मफलको दाता र न्यायको देवता मानिन्छ। ज्योतिष अनुसार ग्रहमा शनि ग्रहको सबैभन्दा महत्वपूर्ण स्थान हुन्छ। ज्योतिषाचार्यहरुले बताए अनुसार राशिहरुका आधारमा सन् २०२४ सम्म शनि सर्वाधिक प्रभावशाली ग्रहको रुपमा रहनेछ। यिनको प्रबलताले गर्दा मानिसका बिग्रेका कार्य बन्नेछन्।
ज्योतिष अनुसार, न्याय र जनताको कारक शनिदेव अहिले कुम्भ राशिमा गोचर गरिरहेको छ र अढाई वर्ष त्यहीँ रहनेछ। सन् २०२४ मा शनि स्वयमको राशिमा भ्रमण गर्नेछ। यी राशिका जातकको लागि सन् २०२४ अत्यन्तै खास रहनेवाला छ। स्वराशिमा भ्रमण गर्दा शनिदेव खुशी र प्रभावशाली रहनेछ। यसले समाजमा मानिसहरुका काम गर्ने जाँगर र गति बढ्नेछ। न्याय प्रणालीमा सफलता मिल्नेछ।
यदि तपाईको कुण्डलीमा शनि कारक ग्रह छ भने यी चार वर्षमा तपाईले सर्वश्रेष्ठ परिणाम पाउनेछ। कार्यक्षेत्रमा गरिएका प्रयासहरुमा सफलता मिल्नेछ। नयाँ अवसरहरु प्राप्त हुनेछन्। वरिष्ठ र उच्च वर्गका अधिकारीहरुलाई अझ मेहनत र लगनको साथ कार्य गर्न शनिले प्रेरित गर्नेछ।
ज्योतिष शास्त्र अनुसार सबै ग्रह एक राशिबाट अर्को राशिमा भ्रमण गरिरहन्छन्। शनि राशि चक्रको भ्रमण ३० वर्षमा पूरा हुन्छ। शरीरका पाँच तत्वको आधारमा राशिलाई बाँडफाँड गरिएको छ। ती मध्ये एक तत्व पृथ्वी पनि हो। पृथ्वी तत्वको तीन राशि छन् – वृष, कन्या र मकर। शनिको प्रभावले समाजमा सक्रियता बढ्नेछ।