पर्सि चैत्र ४ गते शुक्रदेव मीन राशिमा प्रवेश गर्ने, यी ७ राशिलाई हुनेछ आकस्मिक लाभ

काठमाडौँ : भौतिक सुख दिने शुक्र देव चैत ४ गते बुधवारको दिन कुम्भ राशिबाट मीन राशिमा प्रवेश गर्नेछ। मीन राशिमा शुक्र ग्रह चैत २८ सम्म विराजमान रहनेछ। ज्योतिष विज्ञानमा शुक्र देव वृष र तुला राशिको अधिपति हो। शुक्र देव मीन राशिमा उच्च हुन्छ। जबकि कन्या राशिमा नीच मानिन्छ। कुनै पनि ग्रह आफ्नो उच्च राशिमा हुँदा शानदार फल प्रदान गर्दछ। शुक्र मीन राशिमा आउँदा थुप्रै जातकले शानदार परिणाम पाउन सक्छन्। सबै राशिहरुमा शुक्रको यस गोचरको प्रभाव : –

मेष राशि – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :

शुक्रको गोचर तपाईको लागि शुभ फलदायी रहनेछ। यस अवधिमा तपाईले देशाटनको अवसर पाउनुहुनेछ। विदेश यात्राको लागि भिसा अथवा विदेशी नागरिकताको लागि आवेदान दिनु दुवै सार्थक हुनेछ। अधिक खर्च गर्नबाट जोगिनुहोला। स्वास्थ्यको दृष्टिले बायाँ आँखाको ख्याल गर्नुहोला। अति स्वार्थी एवं धूर्त प्रकृतिको मित्र एवं गुप्त शत्रुबाट बच्नुहोला।

वृष राशि – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :

शुक्रको गोचरबाट तपाईको आयका साधनमा वृद्धि हुनेछ। रोकिएका धन फिर्ता आउनेछ। परिवारको वरिष्ठ सदस्यबाट लाभ प्राप्त हुनेछ। नारी शक्तिको लागि यो गोचर वरदान सरह हुन्छ। नयाँ जागिरमा अवसर पाउनुहुनेछ। शैक्षिक प्रतियोगितामा राम्रो सफलता मिल्नेछ। सन्तानको दायित्व पनि पूर्ति हुनेछ। प्राप्ति एवं प्रादुर्भावको पनि योग बनेको छ।

मिथुन राशि – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) :

यस अवधिमा तपाईले सरकारी कामकाजमा सफलता पाउनुहुनेछ। जागिरमा पदोन्नति एवं सरुवा हुने योग बनेको छ। भूमि, भवन र वाहनको सुख प्राप्त हुनेछ। माता पिताको स्वास्थ्यमा राख्नुहोला।

कर्कट राशि – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :

तपाईको भाग्यको द्वार खुल्नेछ। तीर्थयात्राको सुख मिल्नेछ। दान पुण्य पनि खुब गर्नुहुनेछ। परिवारमा माङ्गलिक कार्यले माहोल खुशीयालीपूर्ण रहनेछ। घर अथवा वाहन किन्ने सोचमा हुनुहुन्छ भने यो उपयुक्त समय हो।

सिंह राशि – LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :

शत्रुले तपाईलाई निकम्मा देखाउने कोसिस गर्न सक्छ। यद्यपि तिनको षड्यन्त्र असफल हुनेछ। र अन्तत: तपाईको मद्दत गर्न अगाडी आउनेछ। धनभावमा शुक्रको दृष्टिको फलस्वरूप तपाईको आर्थिक पक्ष चिन्तनशील रहनेछ। विलासितापूर्ण वस्तु खरिदले गर्दा खर्च बढ्नेछ।

कन्या राशि – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :

विवाहसँग सम्बन्धित वार्ता सफल हुनेछ। दैनिक व्यापारमा लाभ मिल्नेछ र विक्रय पनि धेरै भन्दा धेरै हुन्छ। जागिर गर्नेहरुले शासन सत्ताको पूर्ण सुख प्राप्त गर्नेछन्। उच्च अधिकारीसँग मधुर सम्बन्ध बनाएर राख्नुहोला। जागिरमा पदोन्नति एवं नयाँ कन्ट्राक्ट प्राप्त हुने योग छ। महिला वर्गको लागि यो अवधि अझ अनुकूल रहनेछ।

तुला राशि – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :

तपाईका शत्रुहरु बढ्नेछ। तर तिनीहरुले तपाईलाई हानि पुर्याउने सक्दैनन्। आफ्नो कुशल रणनीतिबाट तपाईले षड्यन्त्रकारीको जाललाई पहिचान गर्न सक्षम हुनुहुनेछ। अड्डा-अदालतको मामिलामा फैसला तपाईको पक्षमा आउने योग बनेको छ।

वृश्चिक राशि – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :

शिक्षाको क्षेत्रमा विद्यार्थी अब्बल प्रदर्शन गर्नेछन्। यदि तपाई कुनै पनि प्रतियोगितामा भाग लिन चाहनुहुन्छ भने यो समय तपाईको लागि शुभ छैन्। यद्यपि आफ्नो उर्जा शक्तिलाई पूर्ण उपयोग गरी काम गर्नुभएमा सफलता हासिल हुनेछ। नवदम्पतिको लागि सन्तान प्राप्ति एवं प्रादुर्भावको पनि योग बनेको छ। रोकिएका धन फिर्ता आउनेछन्। परन्तु कसैलाई पनि धेरै ऋण नदिनुहोला।

धनु राशि – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :

तपाई सुख बढ्नेछ। महँगो वस्तुमा धेरै धन खर्च गर्नुहुनेछ। तपाईको मान-सम्मानमा वृद्धि हुनेछ र सामाजिक प्रतिष्ठा बढ्नेछ। तपाईले गर्नुभएको कामको तारिफ हुनेछ। शुक्रको कर्मभावमा दृष्टिको प्रभाव स्वरुप जागिरमा पदोन्नति एवं नयाँ कन्ट्राक्ट प्राप्तिको योग बन्नेछ।

मकर राशि – CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :

कार्यक्षेत्र विस्तार हुनेछ, जसले गर्दा तपाईको जिम्मेवारी झन् बढ्नेछ। आफ्नो जिम्मेवारी वहन गर्न तपाई सफल हुनुहुनेछ। जसको परिणामस्वरुप तपाईले लिनुभएका निर्णय एवं कार्यको प्रशंसा हुनेछ। दाजुभाईसँग मतभेद पैदा हुनेछ। विदेशी नागरिकताको लागि आवेदन भर्ना यो समय उपयुक्त रहनेछ।

कुम्भ राशि – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द) :

यस अवधिमा तपाईले सोचविचार गरी लिएको निर्णय प्रभावकारी हुनेछ। आर्थिक पक्ष अझ मजबूत हुनेछ। अचल सम्पत्ति किन्ने योग बनेको छ। आफ्नो वाणी कुशलताको बलमा विषम अवस्थालाई पनि सामान्य बनाउन सफल हुनुहुनेछ। आफ्नो योजनालाई गोप्य राख्नुहोला।

मीन राशि – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :

तपाईको भौतिक सुख-संसाधनमा वृद्धि हुनेछ। व्यापारमा दत्तचित्त भई लागिरहनुभएमा मार्ग प्रशस्त हुनेछन्। महिलाको लागि यो समय कुनै वरदान भन्दा कम छैन।

प्रकाशित : सोमबार, चैत ०२, २०७७१७:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशिफल : यो हप्ता ३ राशिको लागि अत्यन्तै शुभ एवं भाग्यशाली