काठमाडौँ : ज्योतिषीय गणना अनुसार चैत्र महिनाको यो पहिलो हप्ता तीन राशिका लागि अत्यन्तै शुभ र भाग्यशाली रहेको छ। यस अवधिमा यी तीन राशिका जातकले थुप्रै क्षेत्रहरुमा शुभ परिणाम पाउने सङ्केत देखिएको छ। यो हप्ता ग्रह-नक्षत्रको चाल यी तीन राशिको लागि अनुकूल छ। कुन – कुन राशिको लागि यो हप्ता शानदार रहनेवाला छ त, हेर्नुहोस्
मिथुन राशि – GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) :
मिथुन राशिको जातकको यो हप्ता मोजमस्तीमा बित्नेछ। आकस्मिक लाभ हुनेछ। कार्यक्षेत्रमा पछिल्लो केही समयदेखि चल्दै आएका समस्या समाधानको वातावरण बन्नेछ। यो हप्ता तपाईले आफ्नो कामको परिणामको बलमा विरोधीलाई गतिलो झापड दिन सफल हुनुहुनेछ। सोचेका कार्य पूरा हुनेछन्।
व्यापारीले आफ्नो कारोबार विस्तार गर्ने सुवर्ण अवसर पाउनेछन्। जागिर गर्नेहरुको सुविधा बढ्न सक्छ। खानपानमा ध्यान राख्नुहोला, अन्यथा स्वास्थ्य खराब हुन् सक्छ। छात्रछात्राको पढाईमा अभिरुचि बढ्नेछ। सन्तान पक्षबाट हर्ष मिल्नेछ। प्रेम प्रसङ्गको कुरा गर्दा पार्टनरको पूरा साथ र सहयोग मिल्नेछ।
कन्या राशि – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :
कन्या राशिको लागि यो हप्ता शुभ एवं लाभदायकपूर्ण हुनेछ। तपाईको प्रगति एवं लाभको योजनाको लागि अनुकूल वातावरण बन्नेछ। साथै अचानक सुख-सुविधाको लागि ठुलो धनराशि खर्च गर्नुपर्नेछ। यो हप्ताको बीचमा आफ्नो मनलाई शान्त राख्नुहोला। कसैलाई कटुवचन नगर्नुहोला।
जागिर गर्नेहरुको पदोन्नति हुन् सक्छ। महिला कर्मचारीको लागि समय उत्तम छ। व्यापारीको लागि समय राम्रो छ। व्यापार विस्तारको योग बनेको छ। युवावर्गको अधिकांस समय मोजमस्तीमै बित्नेछ। टाढा या नजिककोयात्रा सुखद एवं लाभदायक हुनेछ। घरमा माङ्गलिक कार्य सम्पन्न हुनेछ।
धनु राशि – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
धनु राशिका जातकले यो हप्ता सौभाग्य प्राप्त गर्नेछन्। तपाईले सोचेका सबै कामहरु पूरा हुनेछन्। कार्यक्षेत्रमा नयाँ सम्भावना देखिनेछन्। अड्डाअदालतको मामिलामा सोचेझैँ आफ्नो अनुकूलमा फैसला आउनेछन्। व्यापारीको लागि पनि समय शुभ छ। नियमित एवं तात्कालिक दुवै प्रकारको लाभ हुनेछ।
परिक्षामा सहभागी हुने लागेका विद्यार्थीको लागि यो हप्ता शुभ साबित हुनेछ। सफलता प्राप्तिको लागि आत्मविश्वास नगुमाउनुहोला र पूरा तयारीको साथ आफ्नो काम पूरा गर्नुहोला। दाम्पत्य जीवनमा मधुरता आउनेछ। प्रेमिल जोडीले आफ्नो प्रेमी/प्रेमिकाबाट पूरा साथ पाउनेछन्।