अत्यन्तै अशुभ हुन्छन् यी सपना, प्रार्थना गर्नुहोस् कि तपाईले कहिल्यै देख्न नपरोस्

काठमाडौँ : स्वप्न शास्त्र अनुसार, सपनाको सम्बन्ध हाम्रो जीवनसँग हुन्छ। सपनाले हाम्रो दैनिक जीवनमा घट्न सक्ने शुभ – अशुभ घटनातर्फ इशारा गर्छ। कहिले हामी रातमा राम्रो सपना देखेर रमाउँछौँ त कहिलेकाहीँ भयानक सपना देखेर हामी डराउँछौँ। स्वप्न शास्त्र अनुसार हरेक सपनाको केही न केही अर्थ हुन्छ। केही यस्ता सपनाहरुका बारेमा तपाईलाई हामी बताउँछौँ, जुन देख्नु अशुभ सङ्केत मानिन्छ। ती सपना यस प्रकारका छन् : –

कालो सर्प देख्नु : –

स्वप्न शास्त्र अनुसार यदि कुनै व्यक्ति बिरामी छन् र तिनले सपनामा कालो सर्प देखेमा भविष्यमा भयङ्कर कष्ट भोग्नुपर्नेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।

पाहुनाको आगमन भएको देख्नु : –

स्वप्न शास्त्र अनुसार सपनामा कुनै अतिथि आएको देखेमा यसलाई अशुभ सङ्केत मानिन्छ। स्वप्न शास्त्र अनुसार यदि कुनै व्यक्तिले सपनामा आफ्नो घरमा अतिथिको आगमन भएको देखेमा तिनले भावी दिनहरुमा विपत्तिको सामना गर्नुपर्नेछ।

पहाडबाट खसेको देख्नु : –

यदि तपाईले आफूलाई सपनामा कुनै अग्लो पहाड या भीरबाट खसेको देख्नु भएमा यो तपाईको लागि राम्रो सङ्केत हैन। स्वप्न शास्त्र अनुसार यसको मतलब आगामी दिनहरुमा तपाईको आकस्मिक धन हानि हुन् सक्छ।

फुटेको ऐना देख्नु : – 

स्वप्न शास्त्र अनुसार सपनामा फुटेको ऐना देख्नुलाई अशुभ मानिन्छ। यस्तो सपनाले तपाईको करियरमा कुनै न कुनै प्रकारको बाधा आउने सङ्केत गर्छ। यस्तो स्थितिमा तपाईले सूर्यदेवको उपासना गर्नुपर्नेछ। नियमित रुपमा ‘ॐ घृणि सूर्याय नम:’ मन्त्र जप गर्नुहोला।

मृत व्यक्ति देख्नु : – 

सपनामा कुनै मृत व्यक्ति देख्नुको मतलब तपाईको स्वास्थ्यमा समस्या आउनेछ भनेर बुझ्नुपर्नेछ। यस्तो सपना देख्नु भएमा सूर्यदेवलाई अर्घ्य दिनुपर्नेछ।

सडेको फल देख्नु : – 

सपनामा कुनै सडेको फल देख्नु या कुनै फल सड्दै गरेको देखे त्यसलाई अशुभ सङ्केत मानिन्छ। यस्तो सपना देखे तपाईको करियर र सन्तानमा अशुभ प्रभाव पर्नेछ। स्वप्न शास्त्र अनुसार यस्तो सपना देखेपछि लक्ष्मी मातालाई पहेलो रङ्गको फूल या कमलको फूल अर्पित गर्नुपर्नेछ।

प्रकाशित : आइतबार, चैत ०१, २०७७१६:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजदेखि मलमास सुरु, एक महिनासम्म भुलेर पनि नगर्नुहोस् यी ७ काम