नोरा, कृति र जाह्नवी कपूरको सिम्पल तर स्टाइलिस लुक, हेर्नुहोस् तस्बिर

एजेन्सी : बलिउड अभिनेत्रीहरु आफूलाई जति फिट राख्ने कोशिश गर्छन् उत्तिकै आफ्नो फेशन स्टाइलमा पनि ध्यान दिन्छन्। यस्ता कैयन् बलिउड सेलिब्रेटिजहरु छन्, जसको फेशन स्टाइल तिनका फ्यानहरुले फलो गर्छन्। यो हप्ता नोरा, जाह्नवी कपूर, कृति सेनन र परिणीति आफ्नो फेशन स्टाइलको कारण लाइमलाइट परे। हेर्नुहोस्…

करिश्मा तन्ना 

करिश्मा तन्नालाई हालै मुम्बई एयरपोर्टमा देखिएकी थिईन्। लाइट ब्लु हुडी र ब्लाक प्यान्टमा उनी अत्यन्तै सुन्दर देखिएकी थिईन्।

नोरा फतेही 

नोरा सधैँजसो आफ्नो फेशनको कारणले इन्टरनेटमा छाइरहन्छिन्। हालै नोराको ग्लामरस लुक देखेर सबैको होशहवास उडेको थियो। नोरा ब्लाक क्रप टप र जिन्समा अत्यन्तै हट देखिएकी थिईन्।

जाह्नवी कपूर

फिल्म ‘रही’ को प्रमोसनको क्रममा जाह्नवी कपूर निकै ग्लामरस लुकमा देखा परेकी थिईन्। उनी मुम्बईको जुहू पिभिआरमा देखिएकी थिईन्। उनले उनले व्हाइट टप र डार्क ब्लु जिन्स लगाएकी थिईन्। जाह्नवी सिम्पल र स्टाइलिस लुकमा अत्यन्तै सुन्दर देखिएकी थिईन्। व्हाइट कलरले उनलाई निकै सुहाएको थियो।

कृति सेनन

कृति सेननले ब्लाक कलरको स्लिवलेस टप र ब्लु जिन्स लगाएकी थिईन्। हातमा ब्याग बोकेकी थिईन् र हाईहील स्यान्डलमा थिईन्।

एली अवराम

हट अभिनेत्री एली अवराम अहिले आफ्नो नयाँ गीत ‘हर फन मौला’ को कारण चर्चामा छिन्। उनको हट अवतारलाई धेरैले मन पराएका छन्। उनले निओन प्यान्ट र ब्लाक क्रप टप लगाएकी थिईन्।

परिणीति चोपडा

परिणीति चोपडाले ब्लाक कलरको क्रप टप र लेगिङ्ग्स लगाएकी थिईन्। साथै मरुन कलरको ज्याकेट लगाएकी थिईन्। उनी यस लुकमा अत्यन्तै सुन्दर देखिएकी थिईन्।

प्रकाशित : शनिबार, फागुन २९, २०७७१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडमा दिदी-बहिनी : दिदीले सफलताको शिखर चुमिन्, बहिनी फ्लप भएर गुमनाम भईन्