बलिउडमा दिदी-बहिनी : दिदीले सफलताको शिखर चुमिन्, बहिनी फ्लप भएर गुमनाम भईन्

एजेन्सी : बलिउडमा प्राय: हिरो-हिरोइनको जोडीको चर्चा हुनुको साथै तिनको अफेयर्सले पनि मिडियामा राम्रो स्थान पाउँछ। आज हामी तपाईलाई बलिउडको केही यस्ता दिदी-बहिनीको बारेमा बताउँछौं, जसले फिल्मी करियर त सँगै सुरु गरे तर दिदीले जुन सफलता र ख्याति प्राप्त गरे तिनको बहिनीले पाएनन्। र उनीहरुको फिल्मी करियर नै समाप्त भयो। यस सूचीमा बलिउडको थुप्रै ख्यातिप्राप्त अभिनेत्रीको नाम समावेश छन्।

शिल्पा शेट्टी- शमिता शेट्टी

शिल्पा शेट्टी हिन्दी सिनेमा जगतको सफल अभिनेत्री मध्ये एक हुन्। शिल्पाले इन्डस्ट्रीमा आफ्नो कलाको कारण जति तारिफ बटुलेकी छिन् त्यति नै उनकी बहिनी शमिता शेट्टीले उनको फ्लप करियरको कारण ट्रोलको शिकार हुनुपर्यो। शिल्पा फिल्मी दुनियाँबाट टाढा छिन्, तैपनि उनी अहिले पनि टेलिभिजन क्षेत्रमा सक्रिय छिन्।

उनकी बहिनी शमिता शेट्टीले सुपरहिट फिल्म ‘मोहब्बतें’ बाट बलिउडमा धमाकेदार इन्ट्री मारेकी थिईन्। फिल्म त सुपरहिट भएको थियो तर शमिताको करियर फ्लप भयो। यी दिदी-बहिनी एक-अर्कालाई असाध्यै माया गर्छन्। प्राय: दुवैजना सँगै ट्रिपमा र पार्टीमा जान्छन्।

काजोल-तनिशा मुखर्जी

कुनै जमानाको प्रसिद्ध अभिनेत्री तनुजाकी छोरी हुन् – काजोल र तनिशा मुखर्जी। काजोल तनिशाको दिदी हुन्। काजोल ९० को दशकको सफल अभिनेत्री हुन्। उनले यस्ता थुप्रै फिल्महरुमा काम गरेकी छिन्, जसलाई अहिले पनि याद गरिन्छ।

त्यस्तै उनको बहिनीको नाम फ्लप अभिनेत्रीहरुको सूचीमा आउँछ। तनिशा मुखर्जीले बलिउडमा ‘नील एन निक्की’ बाट डेब्यु गरेकी थिईन्। त्यो पछि उनी फिल्मी क्षेत्रबाट पूर्ण रुपमा गायब भईन्।

मलाइका अरोडा – अमृता अरोडा

बलिउडमा आफ्नो बोल्डनेस र ग्लामरस अवतारको कारण चर्चामा रहने मलाइका अरोडा खासै धेरै देखिएकी छैनन्। तर फिल्मको उनको एउटा आइटम सङ भएमा त्यसले तहल्का मच्चाउने गर्छ। उनको आइटम डान्स देखेर उनका फ्यान्स लट्ठ पर्छन्।

तर उनकी बहिनी अमृता अरोडाले बलिउडमा खासै चमत्कार गर्न सकिनन्। केही समयमै गुमनाम भईन्।

प्रकाशित : आइतबार, चैत ०१, २०७७१३:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शिल्पाले पोखिन् पीडा : २२ वर्षमा अक्षयसँग कुमा;-_रीत्व गुमाए तर उसैले रुवाएर गयो