रणवीर कपुरलाई कोरोना पोजिटिभ

एजेन्सी : बलिउड स्टार रणबीर कपूरलाई कोरोना पोजिटिभ देखिएको छ। उनको अङ्कल रणधीर कपूरले यस कुराको पुष्टि गरेका हुन्। साथै रणबीरको स्वास्थ्य बिग्रिएको उनले सञ्चार माध्यमलाई बताएका छन्।

भारतीय मिडिया अनुसार रणबीरको टेस्ट पोजिटिभ आएको हो र अहिले उनी क्वारेन्टाइन बसेका छन्। यो खबरले उनका फ्यान बैचेन भएका छन्।

गत वर्ष सन् २०२० मा उनकी आमा नीतू कपूरलाई पनि कोरोना पोजिटिभ देखिएको थियो। त्यतिबेला उनी पञ्जाब गएकी थिईन्।

भारतको महाराष्ट्रमा कोरोनामा मामिलाहरु लगातार बढिरहेको छ। महाराष्ट्र सरकारले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने थालेसँगै सचेत रहन आग्रह गरेको छ। विश्वभर कोरोना संक्रमितको सङ्ख्या बढेपछि डब्लुएचओले पनि सचेत रहन आग्रह गरिसकेको छ ।

मनोरञ्जान जगतका धेरै कलाकारहरु कोभिड-१९ को चपेटामा परिसकेका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार धेरै बलिउडकर्मीलाई कोरोना पोजिटिभ देखिईसकेको छ र उनीहरु निको पनि भईसकेका छन्। फिल्म शूटिङको क्रममा सावधानी अपनाउन थालिएको छ। केही दिन अघि प्रहरीले कोरोना गाइडलाइन पालन नगरेको भन्दै जोन अब्राहमको फिल्म ‘एक भिलेन रिटर्न्स’ को शूटिङ रोकेको थियो।

प्रकाशित : मङ्गलबार, फागुन २५, २०७७१६:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रियंका देखि सेलिनासम्म…यी बलिउड सुन्दरीले रोजे विदेशी जीवनसाथी